खोटाङ जेठ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।
बगरेभञ्ज्याङस्थित निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको ट्याक्टर...
खोटाङ जेठ–५, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका एक कोरोना संक्रमित परिवारले थप उपचारका लागि काठमाण्डौं जान ३ लाख २० हजार रुपैंयाँमा हेलीकोप्टर चार्टर गर्न बाध्य बनेको छ । उक्त परिवारका तीन सदस्यमा कोरोना पुष्टी भएपछि सडक यातायातका साधन पाउन असहज तथा सुलभ भाडामा हेलिकोप्टर नपाएपछि परिवारले महंगो भाडा तिर्न बाध्य बनेको...
खोटाङ जेठ–४, खोटाङस्थित रावाबेंशी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार मात्र १५ जना स्थानीयमा कोरोना संक्रमण पुष्टी भएको छ । गत आईतबार ३१ जनाको स्वाव संकलन गरी विराटनगर पठाइएकोमा कुभिण्डेका ११ पुरुष र चार महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगैै कुभिण्डेमा मात्रै संक्रमितको संख्या २० जना पुगेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो...
खोटाङ जेठ–२, वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित खोटाङका चार जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिश्वकर्मालाई प्रहरीले वन्यजन्तुको अंग र भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको...
खोटाङ बैशाख–३०, स्वास्थ्य कार्यालय खोटाङलाई १ नम्बर प्रदेशअन्तर्गत सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सामाग्री उपलबध गराएको छ । १ नम्बर प्रदेशकी सामाजिक बिकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।
प्रदेशबाट पठाइएको मास्क, सेनीटाइजर, भिटिएम, बेड लगायतका स्वास्थ्य सामग्री बिहिबार जिल्ला...
२०७८ बैशाख ३० खोटाङ,
खोटाङमा बैशाख २९ सम्ममा ७७ जनामा कोभिड–१९ संक्रमण पूष्टी भएको छ । बुधबार मात्र रावाबेँसी गाउँपालिकामा ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ गरी ९ जनालाई संक्रमण पूष्टी भएको हो ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२...
खोटाङ बैशाख-२२, करेण्ट लाग्दा खोटाङमा १० बर्षीय बालकको मृत्यु भएको छ। करेण्टबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भई सोहि नगरपालिका–८ धितुङमा बस्दै आएका टिहाङ राईको ज्यान गएको हो। बुधबार बिहान करीव ८ बज नजिकै फूपूको घर जाने क्रमम विजुलीको पोलमा छुदाँ घटनास्थलमै...
खोटाङ बैशाख–२१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकै दिन ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार दिउँसो दुई जनामा पुष्टी भएको केही समयपछि थप दुई जनालाई कोरोना संक्रमण भएको पाईएको हो ।
ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई...
खोटाङ बैसाख २१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई पुरुषमा कोरोना पुष्टी भएको छ । नगरपालिका–१ दिक्तेलका २१ बर्षीय पाण्डे थरका एक जना र वडा नम्बर–२ सोल्माका ३५ बर्षीय गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । यससँगै जिल्लामा संक्रमितको संख्या ४ पुगेको छ ।
मंगलबार जिल्ला...
खोटाङ बैसाख २१, खोटाङका साकेला गाउँपालिका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएको हो ।
गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएकामा दुई जनालाई संक्रमण पूष्टी भएको साकेला...