खोटाङ बैशाख–३०,   स्वास्थ्य कार्यालय खोटाङलाई १ नम्बर प्रदेशअन्तर्गत सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सामाग्री उपलबध गराएको छ । १ नम्बर प्रदेशकी सामाजिक बिकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।

प्रदेशबाट पठाइएको मास्क, सेनीटाइजर, भिटिएम, बेड लगायतका स्वास्थ्य सामग्री बिहिबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपुर्ती तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई ३ लाख ७ हजार १ सय ३० रुपैयाँ बराबरको सामाग्री प्राप्त भएको हो ।।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here