खोटाङ बैशाख-२२, करेण्ट लाग्दा खोटाङमा १० बर्षीय बालकको मृत्यु भएको छ। करेण्टबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भई सोहि नगरपालिका–८ धितुङमा बस्दै आएका टिहाङ राईको ज्यान गएको हो।                 बुधबार बिहान करीव ८ बज नजिकै फूपूको घर जाने क्रमम विजुलीको पोलमा छुदाँ घटनास्थलमै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जनाउनुभयो। बालककको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।                        विजुलीको पोलको दाहिने साईडको डिस पिन पड्केर तारले पोल छोएको र बालक हिड्ने क्रममा पोल छुंदा ज्यान गएको हुनेसक्ने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताएअताउनुभयो।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here