खोटाङ जेठ–४, खोटाङस्थित रावाबेंशी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार मात्र १५ जना स्थानीयमा कोरोना संक्रमण पुष्टी भएको छ । गत आईतबार ३१ जनाको स्वाव संकलन गरी विराटनगर पठाइएकोमा कुभिण्डेका ११ पुरुष र चार महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगैै कुभिण्डेमा मात्रै संक्रमितको संख्या २० जना पुगेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । गाउँपालिकाको अन्य वडाहरुमा संक्रमित नभेटिएको अध्यक्ष निरौलाको भनाई छ । संक्रमितहरुलाई होम आईसोलेसनमा बस्न लगाईएको छ ।

गाउँपालिकाले बाहिरी जिल्लाबाट आएका आएकाहरुलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न जारी गरेको नियम उल्लंघन हुनुले संक्रमण फैलिएको अध्यक्ष निरौलाको अनुमान छ । दोश्रो लहर फैलिएसँगै एक युवा धरानबाट आएको र उनी गाउँघर डुलिहिँड्नाले अन्यमा संक्रमण फैलिएको उहाँ सुनाउहुन्छ ।

सुरुवातमा ती युवासहित उनको नजिकमा आएका पाँज जनाको परीक्षण गर्दा पाँचै जनामा संक्रमण पूष्टी भएको थियो । ती पाँज जनाको कन्ट्रयाकमा आएका अन्य ३१ जनाको स्वाव संकलन गरेर परीक्षणमा पठाउँदा १५ जनामा पुनः संक्रमण देखिएको गाउँपालिका अध्यक्षले जनाउनुभयो ।

कुभिण्डेसहित मंगलबार जिल्लामा ३६ जनामा संक्रमण पुष्टी भएको छ । १ सय ५१ जनाको पीसीआर गर्दा २८ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन आनन्द लामिछानेले उल्लेख गर्नुभएको छ । मंगलबार १ जना संक्रमित निको भएका छन् ।

जिल्लामा हालसम्म १ सय ८२ जना संक्रमित भएकोमा १० जना निको भएका छन् भने हाल १ सय ७१ जना कुल संक्रमित रहेका छन् । एक संक्रमितको मृत्यू भएको छ ।

 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here