काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयाे ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।