खोटाङ बैसाख २१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई पुरुषमा कोरोना पुष्टी भएको छ । नगरपालिका–१ दिक्तेलका २१ बर्षीय पाण्डे थरका एक जना र वडा नम्बर–२ सोल्माका ३५ बर्षीय गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । यससँगै जिल्लामा संक्रमितको संख्या ४ पुगेको छ ।

मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई कोरोना पुष्टी भएको जिल्ला स्वासथ्य कार्यालय खोटाङका प्रमुख पुण्याप्रसाद सिग्देलले बताउनुभयो । संक्रमण पूष्टी भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ ।

पाण्डे थरका पुरुष केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने पेशाले चालक हुन् । दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तीको पनि एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको जनाईएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण सुरु गरिएको हो । उक्त परीक्षणपििछ १५ मिनेटदेखि आधा घण्टासम्ममा रिपोर्ट आईसक्ने स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले जनाउनुभयो ।

सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो ।।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here