14.1 C
Kathmandu
Saturday, January 11, 2025

समाचार

hot news, khotang news

खोटाङ असोज–२०, सरकारले सुख्खा क्षेत्र घोषणा गरेको खोटाङस्थित हलेसी क्षेत्रका उपभोक्ताका लागि लक्षित गर्दै शुरु गरिएकोे बृहत हलेसी खानेपानी आयोजनाको सम्झौता म्याद गुज्रेको दुई बर्ष बितिसकेको छ । २०७६ पुस १७ गतेसम्म काम पूरा गर्ने सर्तमा २०७४ असार २१ गते सम्झौता भएको आयोजनाको काम अझै सञ्चालनमा आएको छैन । तर, योजना...
खोटाङ असोज–१८, खोटाङको विभिन्न स्थानमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकमले विभिन्न १८ स्थानमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि जिल्लाबासी हर्षित बनेका छन् । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा दिक्तेलस्थित टेलिकमको कार्यालय लगायतको स्थानमा टावर...
खोटाङ असोज–११, खोटाङको प्रसिद्द त्रिधामिकस्थल हलेसी नजिकै रहेको अर्को त्रिधार्मिकस्थल महादेव बुक्टो अर्थात सत्यश्वर महादेव गुफा चर्चामा आउन सकेको छैन । परापूर्वकालदेखि हिन्दु, बौद्द तथा किरात समुदायले आस्था मान्दै आएको उक्त क्षेत्रस्थित आकर्षक तथा आश्चर्यजनक गुफाहरु प्रचारप्रसारको अभावमा चर्चामा आउन नसकेको हो । हलेसीबाट करिब तीन किलोमिटर दुरीमा पर्ने हलेसी...
खोटाङ, १ असोज । खोटाङमा विगत तीन वर्षको अवधीमा १७५ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङ्कलाई उदृत गर्दै राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले आ.व. २०७५/०७६ देखि आ.व. २०७७/०७८ सम्म तीन वर्षमा खोटाङ जिल्लामा पुरुष १०३, महिला ५१, बालक १४...
खोटाङ १ असोज । काठमाडौंबाट ओखलढुंगा, सोलुखुम्बु, खोटाङ लगायत स्थानमा जाँदा सुनकोसी पुल कट्ने बित्तिकै घुर्मी बजार पुगिन्छ । त्यहीँ घुर्मी बजारमा अवस्थित अमिसा होटलले यातायातका साधनमा सवार गर्ने यात्रुहरुलाई खानामा साँग्ला, झिँगाको खुट्टा समेत खुवाउने गरेको रहस्य खुलेको छ । असिमा होटलले सरसफाईमा ध्यान नदिने तर यात्रुहरुको पैसा असुल्नेमा...
खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड नजिकै रहेको भाडाको घरमा सोमबार स्थापना गरिएको हो । प्रेस सङ्गठनको कार्यालय नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् १...
तजिना मगर/खोटाङ भदौ–२७,  हाल नेपालमा राष्ट्रिय चर्चा तथा चर्को बहसमा आएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) खोटाङले राष्ट्रको हीत बिपरित ठहर गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी )को भदौ २६ गते सम्पन्न जिल्ला भेलाले जिल्लामा एमसीसी सम्झौता बिपरित छलफल तथा बहस...
तजिना मगर/खोटाङ भदौ–२६,  सुत्केरी ब्यथाले गम्भिर खोटाङकी महिलालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी ब्यथाकै कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीकी २९ वर्षीया तारा राईलाई हेलिकोप्टरमार्फत बिराटनगर पु¥याईएको हो । राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेको रिपोर्ट गरेपछि शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टरबाट उद्दार गरिएको सहायक...
कोशीकुमार राई/खोटाङ भदौ–२५,  नेकपा (माओवादी केन्द्र) खोटाङले ंसङ्घीय संरचना अनुरुप पार्टीलाई रुपान्तरण गरेको छ । पार्टीको हालै बसेको जिल्ला कार्य समितिको पूर्ण बैठकले जिल्ला कार्य समितिलाई जिल्ला समन्वय बनाउँदै स्थानीय तहलाई कार्यकारी बनाएको हो । माओबादीले दिक्तेलबजारस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहस्तरीय समितिलाई कार्यकारी अधिकारसहित सशक्त बनाउने र...
तजिना मगर/खोटाङ भदौ–२०, खोटाङमा अबैध रुपमा राखिएको एक/एक थान भरुवा बन्दुक सहित दुई ब्यक्ति पक्राउ परेका छन् । बन्दुक लुकाई–छिपाई राखेको गोप्य सूचनाका आधारमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४९ बर्षीय दिलशेर राई र सोही ठाउँका ५५ बर्षीय खड्गसिंह राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार खानतलासी...