कोशीकुमार राई/खोटाङ
भदौ–२५,  नेकपा (माओवादी केन्द्र) खोटाङले ंसङ्घीय संरचना अनुरुप पार्टीलाई रुपान्तरण गरेको छ । पार्टीको हालै बसेको जिल्ला कार्य समितिको पूर्ण बैठकले जिल्ला कार्य समितिलाई जिल्ला समन्वय बनाउँदै स्थानीय तहलाई कार्यकारी बनाएको हो ।

माओबादीले दिक्तेलबजारस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहस्तरीय समितिलाई कार्यकारी अधिकारसहित सशक्त बनाउने र जिल्लामा समन्वय समितिको भूमिकामा सानो समिति मात्र बनाउने निर्णय गरिएको जनाईएको छ । पत्रकार सम्मेलन सम्बोधनका क्रममा जिल्ला संयोजक देवान किराँती‘पृथ्वी’ले आगामी दिनमा सङ्घीयताको मुल मर्म अनुसार पार्टी सङ्गठन पनि जोडिएर आउने बताउनुभयो ।

पार्टीको पहिलो बिस्तारित पूर्ण बैठकले जिल्ला समन्वय समितिको संयोजकमा तत्कालीन अध्यक्ष पृथ्वीलाई नै तोकेको छ । जिल्लास्थित दश स्थानीय तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी समेत तोकिएको छ । पार्टी केन्द्रीय समितिले जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र सह–इन्चार्जमा ध्रुव बुढाथोकी ‘धिरेण’लाई तोकेको थियो ।
बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ईन्चार्जमा सुरेश राई, सह–ईन्चार्जमा होमकाजी आचार्य ‘विनोद’, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । नगर समिति अध्यक्षमा विसन राई र सचिवमा युगशन किराँत चयन हुनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको ईन्चार्जमा जीवन राई ‘संगीन’, सह–ईन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन हुनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई ईन्चार्ज, श्रीबहादुर राईलाई सह–ईन्चार्ज, अगमसिं राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा सीताराम अधिकारी ‘भूमि’ले ईन्चार्ज, लीला श्रेष्ठ (सविन) र रामबहादुर राईले सह–ईचार्ज, राजन मगरले अध्यक्ष र सीता कटवालले सचिवको जिम्मेवारी पाउनुभएको छ । केपिलासगढी गाउँपालिकाको इन्चार्जमा मनकुमारी रसाइली ‘रस्मी’ इन्चार्ज, रुद्र राई सह–ईन्चार्ज, साङ्गे शेर्पा अध्यक्ष र विष्णु राई ‘जिज्ञासा’ सचिवमा चुनिनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इनचार्जमा दीपक पाण्डे ‘आकाश’, सह ईन्चार्जमा कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरुकुमार राई चयन हुनभएको छ । । यस्तै, राजेन्द्र राई अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाउनुभएको उल्लेख गरिएको छ । खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ ईन्चार्ज, इन्द्र नाराथुङ्गे सह–ईन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजीलाई सचिवमा चयन गरिएको छ ।

बराहपोखरी गाउँपालिकामा निशाना राई ईन्चार्ज, दुर्गाबहादुर राई सह–ईन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बन्नुभएको छ । जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राई ईन्चार्ज, वीरबल किराँती र केदार राई सह–ईन्चार्ज, बद्री राई अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाउनुभएको छ ।

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’ ईन्चार्ज, बिर्सिका राई सह–ईन्चार्ज, नवीन राई अध्यक्ष र मोहन खत्रीलाई सचिवको जिम्मेवारी दिइएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय पार्टी निर्देशन अनुसार जिल्लास्थित सबै जनवर्गीय सङ्गठनहरुको समेत जिम्मेवारी तोकिने संयोजक पृथ्वीले बताउनुभएको छ ।।