17.1 C
Kathmandu
Monday, May 13, 2024

खोटाङ समाचार

khotang first online news

खोटाङ पुस–१९, खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन भएको महोत्सव आईतवार सम्पन्नभ भएको हो । जन्तेढुंगा गाउँपालिकाको घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा...
बैशाख, खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको खोटाङको बाम्राङका विभिन्न स्थानमा पहेँलो झण्डा फहराइएको छ । सिंगो गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ स्थानीय सुर्केडाँडा निमाविमा क्रियासिल जुनियर रेडक्रस सर्कलले हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका ३० स्थानमा पहेँलो झण्डा फहराएको हो । गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग...
काठमाडौं ८ पुष । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । अध्यक्षमा ७ मत बदर भएको थियो । मिक्सो अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव समेत छन्...
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका संयोजक समेत रहनु भएका टंक राई नेतृत्वको एक खोटाङे प्रतिनिधि मण्डलले पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हलेसीलाई संघमा नै राखेर विकास र प्रचार प्रसार गर्न माग गरेको छ । प्रतिनिधिमण्डले सँस्कृती तथा पर्यटनमन्त्री सुदन किरातीलाई शुक्रबार भेटेर हलेसीलाई संघमा नै राख्नुपर्ने...
खोटाङ भदौ–१९,  खोटाङमा बिचार मिल्ने तथा अग्रगामी चरित्रका राजनीतिक पार्टीबीच कार्यगत एकता गर्नुपर्ने धारणा राखिएको छ । केपी ओली नेतृत्वको एमालेबाट बैचारिक बिद्रोह गरी गठित नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय उद्घाटनमा सहभागी दलका नेताहरुले यस्तो धारणा राखेका हुन् । दिक्तेलबजारको पुरानो बेशक्याम्पमा स्थापना गरिएको कार्यालय उद्घाटनका क्रममा पुर्व सांसद...
खोटाङ साउन–५, पत्रकार महासंघ खोटाङका अध्यक्ष सहित तीन पत्रकार पुरस्कृत भएका छन् । हलेसी तुवाचुङ नगरपालिकावाट प्रकाशन हुने तुवाचुङ साप्ताहिकले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा महासंघका अध्यक्ष दमन राई सहित तीनजना पत्रकारलाई पुरस्कृत गरेको हो । साप्ताहिक पत्रिकाले नागरिक दैनिककर्मी राईसँगै राष्ट्रिय समाचार समिति तथा नयाँ पत्रिका दैनिकका पत्रकार...
खोटाङ जेठ–४, उपमेयरको कार्यकाल सम्पन्न गरी मेयरको उम्मेदवार बन्नुभएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिमला राईको अग्रता कायमै रहेको छ । नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ को मत परिणाम आइसक्दा उहाँ एमालेका खडेन्द्र राईभन्दा २ सय ६ मतले अघि रहनुभएको छ । बिमलाले ५ हजार ७८...
खोटाङ २९ वैशाख । खोटाङको साकेला गाउँपालिकामा आरटिडीमार्फत कोरोना परीक्षण गर्दा दुई जनामा पोजेटिभ नतिजा आएको छ । गाउँपालिकाले आरडिटीमार्फत परीक्षणका क्रममा दुई जनामा नतिजा पोजेटिभ देखिएको जनाएको छ । यद्यपी, उनीहरुमा कोरोना लागे नलागेको पुष्टि हुन भने बाँकी छ । पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा नतिजा पोजेटिभ आएमा मात्र कोरोना...
खोटाङ माघ–२३, खोटाङस्थित दुई स्थानीय तहमा चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुने गरी एक थान एम्बूलेन्स प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपीलासगढी गाउँपालिका–१ फेदी र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा वडा कार्यालयलाई संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी स्वास्थ्य मन्त्रालयले एक थान एम्बूलेन्स प्रदान गरेको हो...
पुस–७, जिल्लामा यस वर्ष ८० करोड रुपैयाँभन्दा बढिको अलैंची उत्पादन भएको छ । गत वर्ष ६० करोड रुपैयाँको अलैंची निकासी भएको जिल्लामा यस वर्ष ८० करोड रुपैयाँभन्दा बढिको उत्पादन भएको हो ।  गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटेपनि यस वर्ष उत्पादित अलैंचीले जिल्लामा अहिलेसम्मकै बढि मूल्य पाएको जिल्ला...