खोटाङ जेठ–४, उपमेयरको कार्यकाल सम्पन्न गरी मेयरको उम्मेदवार बन्नुभएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिमला राईको अग्रता कायमै रहेको छ । नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ को मत परिणाम आइसक्दा उहाँ एमालेका खडेन्द्र राईभन्दा २ सय ६ मतले अघि रहनुभएको छ ।

बिमलाले ५ हजार ७८ र खडेन्द्रले ४ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जिल्लाको दुई नगरपालिकामध्ये बिमला मेयरको चुनावी मैदानमा एक्ली महिला बन्नुभएको छ ।

उपमेयरमा पनि कांग्रेसका रमेश राउत अगाडि रहनुभएको छ । राउतले हालसम्म ५ हजार एक मत पाउँदा माओवादी केन्द्रको अमेम्बर राईले ४ हजार ७ सय २६ मत लिनुभएको छ । गणना सकिएका नौ वडामध्ये दुई वडा बाहेक अन्य वडामा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

बाँकी दुई वडाको नजिता साँझसम्ममा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हलेसी तुवाचुङमा २० हजार ९ सय २१ मतदाता छन् । जिल्लाका १० स्थानीय तहमध्ये अन्यको नतिजा सार्वजनिक भइसकेको छ ।।