Home खोटाङ समाचार

खोटाङ समाचार

khotang first online news

खोटाङ जेठ–१०, खोटाङका कोरोना संक्रमितलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा सडक यातायातको असहजताका साथै तत्कालै उपचारमा पु¥याउनुपर्ने बाध्यताले हेलि चार्टर गर्नुपर्नेे अवस्था आएको हो । सोमबार दिक्तेलबजारको कोरोना संक्रमित करिव ६५ बर्षीय पुरुषलाई तीन लाख ५० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको...
खोटाङ जेठ–८, अक्सिजन प्लाण्ट खरिद तथा जडान प्रक्रियाका लागि जिल्ला अस्पताल खोटाङलाई अर्थमन्त्रालयले ७५ लाखको सहमति दिएको छ । जिल्लामै अक्सिजन उत्पादनका लागि स्वास्थ्य मन्त्रालयको माग बमोजिम अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद जडान प्रक्रिया अघि बढाउन सहमति दिएको हो । अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाको–१ नम्बर वडामा पर्ने दिक्तेलबजारका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहिबार राती मृत्यु भएपछि नगरपालिका सिल गरिएको हो । अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक लगाइएको छ । १५ वडा रहेको नगरपालिकामा एक वडाबाट...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राजभण्डारीलाई उपचारको लागि गए राती जिल्ला अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको मेयर दिपनारायण रिजालले उल्लेख गर्नुभएको छ । बिरामीलाई अस्पतालमा पु¥याई एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । राष्ट्रिय...
खोटाङ जेठ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो । बगरेभञ्ज्याङस्थित निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको ट्याक्टर...
खोटाङ जेठ–५, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका एक कोरोना संक्रमित परिवारले थप उपचारका लागि काठमाण्डौं जान ३ लाख २० हजार रुपैंयाँमा हेलीकोप्टर चार्टर गर्न बाध्य बनेको छ । उक्त परिवारका तीन सदस्यमा कोरोना पुष्टी भएपछि सडक यातायातका साधन पाउन असहज तथा सुलभ भाडामा हेलिकोप्टर नपाएपछि परिवारले महंगो भाडा तिर्न बाध्य बनेको...
खोटाङ जेठ–४, खोटाङस्थित रावाबेंशी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार मात्र १५ जना स्थानीयमा कोरोना संक्रमण पुष्टी भएको छ । गत आईतबार ३१ जनाको स्वाव संकलन गरी विराटनगर पठाइएकोमा कुभिण्डेका ११ पुरुष र चार महिलाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगैै कुभिण्डेमा मात्रै संक्रमितको संख्या २० जना पुगेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो...
खोटाङ जेठ–२, वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित खोटाङका चार जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिश्वकर्मालाई प्रहरीले वन्यजन्तुको अंग र भरुवा बन्दुक सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको...
खोटाङ बैशाख–३०,   स्वास्थ्य कार्यालय खोटाङलाई १ नम्बर प्रदेशअन्तर्गत सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सामाग्री उपलबध गराएको छ । १ नम्बर प्रदेशकी सामाजिक बिकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको हो । प्रदेशबाट पठाइएको मास्क, सेनीटाइजर, भिटिएम, बेड लगायतका स्वास्थ्य सामग्री बिहिबार जिल्ला...
२०७८ बैशाख ३० खोटाङ, खोटाङमा बैशाख २९ सम्ममा ७७ जनामा कोभिड–१९ संक्रमण पूष्टी भएको छ । बुधबार मात्र रावाबेँसी गाउँपालिकामा ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ गरी ९ जनालाई संक्रमण पूष्टी भएको हो । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२...