खोटाङ माघ–२३,
खोटाङस्थित दुई स्थानीय तहमा चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुने गरी एक थान एम्बूलेन्स प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपीलासगढी गाउँपालिका–१ फेदी र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा वडा कार्यालयलाई संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी स्वास्थ्य मन्त्रालयले एक थान एम्बूलेन्स प्रदान गरेको हो ।

बुधबार दिक्तेलमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईले संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी लफ्याङका वडाध्यक्ष निर्मल राईलाई एम्बूलेन्सको चाँबी हस्तान्तरण गर्नुभएको हो ।

रोग तथा दुर्घटनाका कारण गम्भीर बनेका स्थानीयलाई तत्काल स्वास्थ्य संस्थामा पु¥याएर उपचार व्यवस्था मिलाउने उद्धेश्यसाथ मन्त्रालयले चार वडालाई संयुक्त स्वमित्वमा सञ्चालन हुनेगरी एम्बूलेन्स हस्तान्तरण गरेको स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. राईले बताउनुभयो ।
विशेषगरी गर्भवती तथा सुत्केरी महिला, बृद्ध र गरीव असाहयलाई एम्वुलेन्सले विशेष सेवा दिने जनाईएको छ ।