18.1 C
Kathmandu
Thursday, March 28, 2024

खोटाङ समाचार

khotang first online news

माघ–५, आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेपछि खोटाङमा दुई परिवार बिचल्लीमा परेका छन् । गत पुस–१८ गते भएको आगलागीमा घर र घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत नष्ट भएपछि चिप्रिङ–२ का शक्तिराज राई र उनको छोरा धनराज राईको परिवार बिचल्लीमा परेका हुन् ।  घरमा कोही नभएको समयमा भएको...
साउन–३२, भारत सरकारले उपहार स्वरुप नेपाललाई दिएको एउटा एम्बूलेन्स खोटाङको दुर्छिम स्वास्थ्यचौकीले पाएको छ । आफ्नो ६९ औं स्वतन्त्रता दिबसका अवशरमा शनिबार भारत सरकारले दिएको ४० वटा एम्बूलेन्समध्ये एउटा एम्बूलेन्स स्वास्थ्यचौकी दुर्छिमले पाएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. माधव लम्सालले बताउनु भयो ।  किरात, हिन्दु र बौद्धधर्मावलम्बीको त्रि–धार्मिक स्थल नजिक...
खोटाङ जेठ–३१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा रहेको जनसेवा सामुदायिक अस्पताललाई सहकारी संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ जालपामै सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ६८ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो । अस्पताललाई १० सेट...
टेनिस रोका काठमाडौं २२ साउन धेरैले खोटाङ भनेपछि पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवस्थान अवस्थित जिल्ला भनेर चिन्छन् । खोटाङेले नै आफ्नो जिल्ला सम्झनुपर्दा जन्मभूमि भनेर त चिन्छन् नै साथै कतिपयले विकासको हिसाबले नेपालकै पछाडी परेको क्षेत्र पश्चिमी भाग कर्णालीसँग पनि दाँज्न पछि पर्दैनन् । सत्य पनि त्यहीँ हो । केही वर्ष...
खोटाङ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको पूर्व तयारी स्वरुप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा २६ बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ । नगर प्रमुख (मेयर) दिप नारायण रिजालले क्वारेन्टाइन निर्माणको काम आज (मंगलबार) बिहानैबाट सुरु भएको र बेलुकीसम्म निर्माण सम्पन्न...
हरिबोधिनी एकादशीको अवसरमा खोटाङका धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, रभुँवाघाट र होङ्मापोखरीमा धार्मिक मेला लागेका छन् । जिल्लाका तीनवटै धार्मिक तथा पर्यटकीयस्थलमा हरिबोधिनी एकादशीको अवसर पारेर लाग्ने मेलामा विशेष गरी दिवङ्गत आफन्तको नाममा सतबिउ छर्ने, धामीझाँक्री नाच्ने तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा...
असाेज ३० । प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो । बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले...
खोटाङ चैत्र–१६, आफ्नै दाजुको दुबै हात छिनाल्ने खोटाङका एक युवा पक्राउ परेका छन् । केपिलासगढी गाँउपालिका–७ सुङदेलका २५ वर्षिय सहोदर दाजु अष्टबहादुर राईको दुबै हात छिनालेर फरार २२ बर्षिय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राती करिब १ बजे भएको घटनाका दोषीलाई शनिबार पक्राउ गरी कारबाही अघि बढाईएको...
खोटाङ मङ्सिर–८ खोटाङ प्रदेशसभा (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईले विजयी हुनुभएको छ । राई १६ हजार ४ सय ९६ मत लिएर विजयी हुनुभएको हो । यस्तै, निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राम दंगालले १४ हजार ३ सय ५० मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारबीच २ हजार...
खोटाङ खोटाङ–३१, खोटाङका ६ जना प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट गत साउन २३ गते सरुवा भई खोटाङ आएका ११ जना प्रहरी जवानमध्ये छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबैजना प्रहरी जवान क्वारेन्टिनमा...