8.1 C
Kathmandu
Friday, January 10, 2025

समाचार

hot news, khotang news

खोटाङ वैशाख–८, एक नम्बर प्रदेश सरकार खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय विराटनगरले खोटाङको हलेसीमा ‘सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइन’ सम्बन्धी तालिम सम्पन्न गरेको छ । प्रदेश मन्त्रालयले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बू, भोजपुर, उदयपुर र सङ्खुवासभाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत २४...
खोटाङ ६ वैशाख । तपाईलाई गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री तथा राष्ट्रपतिको भन्दा बढी सेवा सुविधा लिए भन्दा पत्यार नलाग्न सक्छ । तर, खोटाङकै ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीले यो देशको सांसद त के, प्रधानमन्त्री तथा राष्ट्रपतिको भन्दा पनि बढी सुविधा लिएको पाइएको छ । २०७६ सालमा तलब सुविधा बढेसँगै राष्ट्रपतिको तलब...
खोटाङ बैशाख–५, शिल्पी थिएटर काठमाण्डौंको प्रस्तुति मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ले खोटाङका दिक्तेलबजारबासीको मन छोएको छ । स्थानीय आयोजक खोटाङ रंगमञ्चको संयोजनमा आइतबार साँझ दिक्तेलबजारमा प्रर्दशन गरेको सडक नाटक ‘अलिकति उज्यालो’ले मन छोएको दर्शकहरुको प्रतिक्रिया छ । घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकमा देशको राजनीतिक बेथिति, चुनौती र दुःखका बीचमा...
काठमाडौं ५ वैशाख । सत्ता साझेदार गठबन्धनबीच आगामी स्थानीय तहको निर्वाचनका लागि खोटाङका १० पालिकामा सिट बाँडफाँडमा सहमति जुटेको छ । गठबन्धन दलको आइतबार बसेको बैठकले १० वटा पालिका मध्ये ६ वटामा साझा सिट बाँडफाँड र बाँकी चार वटामा गठबन्धनभित्रै दुइ पक्षीय प्रतिस्पर्धा गर्ने सहमति भएकाे छ। सहमति अनुसार खोटेहाङ...
खोटाङ बैशाख–४, आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहका निर्बाचन केन्द्रीत हुँदै खोटाङमा सञ्चार गृह तथा सञ्चारकर्मी अनुगमन समिति गठन गरिएको छ । निर्बाचनको अवधिमा पत्रकार आचार संहिता उल्लंघन हुने समभावना बढी हुने भएकाले तीन सदस्यीय अनुगमन समिति गठन गरिएको हो । मर्यादित ढंगले समाचार लगायतका सामाग्री संकलन, सम्प्रेषण तथा...
खोटाङ चैत्र–२३, खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति गठन गर्ने मन्त्री परिषदको निर्णयसँगै कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र १७ गते सुरेश राईको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेपछि आज बुधबार कार्यालय उद्घाटन तथा पदभार ग्रहण भएको हो । अध्यक्ष राईलाई पूर्व सभाषद समिता...
खोटाङ, १९ चैत । खोटाङ सेवा समाज कतारको अध्यक्षमा कैलाश श्रेष्ठ चुनिएका छन् । कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको ११ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा शुक्रबार सम्पन्न अधिबेसनबाट समाजको बरिष्ठ उपाध्यक्षमा डिल्लीशेर खड्का, उपाध्यक्षमा बलराम लोप्चन तामाङ र चुडामणि...
खोटाङ, ७ चैत । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा खोटाङ आईपुगेका छन् । उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुलको उदघाटन गरेका छन् । उदघाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसीका कारण देशको गरिबी निवारणदेखि आर्थिक...
खोटाङ फागुन– २६, अवैध लागूऔषध गाँजाको व्यवसायिक खेति तथा बिक्रि गर्ने खोटाङका स्थानीय धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेति तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो । झण्डै ३३ केजी गाँजासहित पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय...
खोटाङ फागुन–२४, धरान प्रज्ञा प्रतिष्ठान धरान उपमहानगरपालिकाले प्रकाशन गरेको कविता कृति ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईले सिर्जना गर्नुभएको कविता कृतिमाथि दिक्तेलबजारमा विमर्श गरिएको हो । उभोखोले साहित्यिक समाज खोटाङले आयोजना गरेको विमर्श कार्यक्रममा टेम्केतुवाचुङ साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कवि...