खोटाङ जेठ–१२, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि र्दुब्वहार भएको छ । राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पूर्ण राईले गए राति(बुधबार) करिब ११ बजे गाली गलौज गरी कठालोमा समात्दै दुब्र्यवहार गरेका हुन् ।

६० वर्षको उमेरमा आफूमाथि दुव्र्यवहार भएकोप्रति राईले दुःख व्यक्त गर्नुभएको छ । जालपास्थित निजी निवासमा बसिरहेको बेला हातपात समेत गर्ने पुर्ण एमालेका स्थानीय कार्यकर्ता भएको नेता टंक राईको भनाई छ । भर्खरै सम्पन्न स्थानीय तहको निवाचनमा हारको प्रतिशोधमा आफुमाथि पटक–पटक आक्रमणको प्रयास समेत भएको नेता राईले जनाउनुभयो ।

उक्त घटनाको भत्र्सना तथा निन्दा गर्दै जिल्लास्थित चार राजनीतिक दलले दोषिमाथि कार्बाहीको माग गरेको छ । आज बिहिबार संयुक्त बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले घटनाको भत्र्सना गरेको हो । कांग्रेसका जिल्ला सभापति बिष्णु राई, माओबादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे(आकास), एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जलशेर राई र जसपाका जिल्ला अध्यक्ष टंक थापाको हस्ताक्षर रहेको बिज्ञप्तीमा घटनाको सत्य–तथ्य पत्ता लगाई दोषिमाथि कडा कार्वाहीको माग गरिएको छ ।

यसैबीच, दुव्र्यवहारको आरोपित पूर्ण राई पनि घाइते भएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनुएको छ । घाईंतलाई स्थानीय जनसेवा सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइदै गरेको डिएसपी लम्सालको भनाई छ । खास घटना कसरी घटेको हो भन्ने अनुसन्धान भइरहेको लम्सालले बताउनुभयो ।

यता, घाईंते राई मादक पदार्थ सेवनगरी अन्तै लडेर टाउको फुटाएर आफ्नो घरमा आईपुगेको नेता टंक राईको दावी छ । पुर्ण राईले पैसा माग्दै कठालो समातेर आक्रममणको प्रयास गरेपछि गुहार माग्दा स्थानीयहरु भेला भएर आफुलाई बचाएको राईले जनाउनुभयो ।।