खोटाङ जेठ–५, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बन्नुभएको छ । ११ वटा वडा रहेको नगरपालिकामा यस अघि उपमेयर रहनुभएकी बिमला राई यस पटक मेयरमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित मेयर राईले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३ सय ५१ मतले पछि पार्दै बिजय हासिल गर्नुभएको हो । खडेन्द्रले ५ हजार ९ सय ६६ मत प्राप्त गर्दा बिमलाले ६ हजार ३ सय १७ .मत बटुल्दै बिजय प्राप्त गर्नुभएको हो । नवनिर्वाचित बिमला अघिल्लो पटक पनि कांग्रेसबाटै उपमेयरमा निर्वाचित हुनुभभएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा खडेन्द्र …मा उम्मेदवार बन्नुभएको थियो ।

यस्तै, उपमेयरमा कांग्रेसकै उम्मेदवार रमेश राउत बिजयी हुनुभएको हो । बिजयी राउतले अर्का प्रत्यासी नेकपा माओबादी केन्द्रका अमेम्बर राईलाई पराजित गर्नुभएको हो । अमेम्बरको ५ हजार ६ सय ६१ मत आउँदा राउतले ५ हजार ९ सय ३४ मत ल्याँउदै जीत निकाल्नुभएको हो ।

११ वटा वडा रहेको उक्त नगरपालिकामा ८ वटामा कांग्रेस, वटा वडामा एमाले र एक वटा वडामा माआृबादी केन्द्रले जितेका छन् ।

गए राती अबेर आएको यस नतिजासँगै, खोटाङमा स्थानीय तह निर्वाचनको मत गणना सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा दुवै नगरपालिका र चार गाउँपालिका सहित ६ स्थानीय तहमा प्रमुख जित्दै कांग्रेस हावी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले दुई–दुई स्थानीय तहमा बिजय हात पारेका छन् । ।