खोटाङ जेठ–४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१३ नुन्थलामा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादी समाजवादी पार्टीको गठबन्धन बिजयी भएको छ । उक्त वडामा केन्द्रका भगेश्वर राईको अध्यक्षतामा खडा गरिएको प्यानल नै बिजयी भएका हुन् ।

माओबादी केन्द्रका भगेश्वर राईले ३ सय ३१ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसका जगबीर तामाङले २ सय ३९ मत पाउनुभएको छ द। यस्तै, एमालेको तर्फबाट राजन राईले २ सय ३३ मत प्राप्त गर्नुभएको मुख्य माओबादी केन्द्रका नेता सुरेश राईले उल्लेख गर्नुभएको छ ।