खोटाङ जेठ–१०, पेटो«लियम पद्दार्थ तथा खाना पकाउने ग्याँसमा चरम मूल्य बृद्दि गरिएको भन्दै खोटाङमा बिरोध जनाईएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल तथा खाना पकाउने ग्याँसमा गरेको चरम मूल्य बृद्दि खारेजीको माग गर्दै अनेरास्वबियु खोटाङ र युवा संघ नेपाल खोटाङले संयुक्त रुपमा बिरोध जनाएको हो ।

बिरोधमा मंगलबार जिल्लाको दिक्तेलबजारमा नाराजुलुस निकालिएको छ । भवनगैराबाट सुरु गरिएको जुलुस त्रिबेणीचोकमा कोणसभामा परिणत गरिएको अनेरास्वबियुका जिल्ला सचिब बिष्णु उपरकोटीले जनाउनुभयो ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।।