खोटाङ जेठ–४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेकाको वडाध्यक्षमा पुनः मुगाधन राई नेतृत्वको गठबन्धन प्यानलले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा समेत माओवादी केन्द्रसँगको गठबन्धनबाट तत्कालिन संघीय समाजवादी पार्टीबाट अध्यक्ष भई पदभार सम्हालिसक्नुभएको राईले यो पटक पनि माओबादी केन्द्र र नेकपा एससँगको गठबन्धनबाट प्यानलै जीत हात पार्नुभएको हो ।

यो जीतमा वडाबासी खुसी भएको स्थानीय बताउँछन् । भन्छन–‘पाथेकामा सोँचे जति नभए नि राम्रै भएको छ ।’ मुगाधनको पालामा बिकास जे भए नि मुगाधन उस्तै रहेको स्थानीय सुनाउँछन् । ‘पाथेकामा बिकास भए नि मुगाधन उस्तै लाग्छ ।’ यो तर्क र टिप्पणी स्वयम पाथेकाबासीको हो ।

उहाँसँगै, सदस्यमा सहरमनी राई र रामधन राई महिला सदस्यमा कल्पना राई र शिल्पी महिला सदस्यमा गीता विक . प्रतिद्वन्दी नेपाल कांग्रेस र नेकपा एमालेको एक तिहाइ बहुमतले विजयी भएको स्थानीय सौराज राईले उल्लेख गर्नुभएको छ ।।