खोटाङ जेठ–४, अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर कार्यकाल पूरा गर्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राईलाई फेरि पनि वडाध्यक्षकै जिम्मेवारी परेको छ । नेकपा एमालेको तर्फबाट उममेदवारी पाउनुभएको राईले ११ सय ११ मत ल्याउँदै नगरपालिकाको वडाध्यक्षमा विजयी हुनुभएको हो ।

राईको निकटतम प्रतिस्पर्धी दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार माओबादी केन्द्रका नारायण राईले ८ सय ८५ मत ल्याउनुभएको थियो ।

अघिल्लो कार्यकालमा भएको बिकास र बुइपालीको लागि भएको योगदानकै कारण दोश्रो कार्र्यकालको लागि जनताले मत दिएको स्थानीय उल्लेख गर्छन् । पूनः निर्वाचित वडाध्यक्षले यो अवसर फेरि पनि पूरा गर्नेमा बुइपाबासी ढुक्क भएका छन् ।

शिक्षण पेशामा आवद्द बुइपाकै सर्मिला राईले लेख्नुभएको छ–‘पहिलो पाँच बर्षमा गर्नुभएको बिकास र बुइपालीहरुको लागि गर्नुभएको योगदानकै कारण दोश्रो कार्यकालको लागि जनताले अवसर दिएको छ यो अवसर फेरि पनि उपयोग गर्नुहुनेछ भन्नेमा हामी बुइपा बासी ढुक्क छौं ।’