खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम ल्याएको छ । । शुक्रबार सम्पन्न आठौं नगरसभामार्फत नगरपालिकाले कुल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेश गरेको हो ।
उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित ६१ करोड ३९...
खोटाङ असार–५, स्थानीय तह तथा सर्बसाधारण नागरिकले पटक–पटक ताकेता र खबरदारी गर्दा पनि खोटाङस्थित दिक्तेलबजारकोे सडक ढलान कार्य सुचारु हुन सकेको छैन । निर्माण कम्पनीले बजारबीचमा अलपत्र छाडेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा स्थानीयले पटक–पटक ताकेता गरे पनि ढलान कार्य सुचारु नगरिएको हो ।
सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको...
खोटाङ असार–३, महिला सचिबसँग काम गर्न अप्ठ्यारो भएको भन्दै पुरुष सचिब माग गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले क्षमा याचना गर्नुभएको छ । उहाँले प्रेस विज्ञप्ति जारी गरी लैङ्गिक विभेद गर्ने कुनै नियत नभए पनि भाषा प्रयोगमा भूल भएको भन्दै क्षमाको याचना गर्नुृभएको हो ।
सामाजिक सञ्जालहरूमा...
खोटाङ असार–१, राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले भ्रष्टाचारको अन्त्य तथा महंगी नियन्त्रण लगायतका माग राख्दै नाराजुलुस सहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय पुग्नुभएका जिल्ला अध्यक्ष ललितकुमार राईले प्रमुख जिल्ला अधिकारी फणिण्द्र दहाल मार्फत प्रधानमन्त्री लाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनुभएकोे हो ।
बुधबार बुझाईएको ज्ञापनपत्रमा किसानलाई समयमा...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर तथा नेकपा एमालेका नेता दिप नारायण रिजालले मिडियाको नाममा मनलाग्दी निर्णय गर्दै आफू निकटलाई करिब २७ लाख वितरण गरेको खुलेको छ ।
नगरपिता उपमा दिइने निर्वतमान नगरप्रमुख रिजालले पद र शक्तिको दुरुपयोग गरेर आफू निकटलाई मनलाग्दी रकम बाढेको र कतिपय मिडियालाई ५...
खोटाङ जेठ–३०, जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै बिजयी भएका छन् । स्थानीय तह अन्तर्गत नै आज सोमबार सम्पन्न मतदानबाट कांग्रेस, माआबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन बिजयी भएका हुन् ।
दुई नगरपालिका र आठ गााउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका सनबहादुर...
खोटाङ जेठ–३०, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएको कार्य बिवरण सार्वजनिक गर्नुभएको छ । २०७४ साउन २० मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा निर्वाचित चाम्लिङले पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो ।
आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै जिल्लामा...
खोटाङ जेठ–२२, मोटरसाईकल दुर्घटनामा परी उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका पुर्व अध्यक्ष जीवन श्रेष्ठको निधन भएको छ । जेठ २० गते शुक्रबार दिक्तेलबजारमा मोटरसाईकलले ठक्कर दिएका ५७ बर्षीय श्रेष्ठको आईतबार निधन भएको हो ।
दिक्तेलबजार निवासी श्रेष्ठलाई आफ्नै निवास रत्नपार्कमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङनिवासी १७ बर्षीय अभिषेक राईले चलाएको...
खोटाङ खोटाङ–१६, खोटाङको दिक्तेलबजारमा लामो समयदेखि रोकिएको सडक ढलान कार्य सात दिनभित्र सुचारु गर्न निर्माण कम्पनीलााई अल्टिमेटम दिईएको छ । ढलान नसकिँदा यातायात अवरुद्द हुनका साथै बिभिन्न समस्या आएको भन्दै काम सुचारु गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनी सुर्य–बिकास जेभीलाई अल्टिमेटम दिएको हो ।
निर्माण कम्पनीलाई सोमबार पत्राचार गर्दै...
खोटाङ जेठ–१५, पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय खोटाङमा रहेका ६ कैदीको सजाय मिनाहा गरिएको छ । ४० र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कारागार कार्यालय दिक्तेलका कैदीहरुको बाँकी सजाय मिनाहा गरिएको हो ।
असल चाल–चलनका आधारमा कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद सजाय भुक्तान गरेका केपिलासगढी गाउँपालिका–७ सुङदेलका सानकुमार...