खोटाङ २७ कात्तिक । दिक्तेल–दोर्पा दुम्ली–रतन्छा सडक बन्द गरेका छन् । सडकको उक्किएको ढलान र भत्किएको ड्रेन मर्मतको माग गर्दै स्थानीयले शनिबार दिक्तेलको थर्पुटोलमा पोल, बाँस र रुखको हाँगा तेस्र्याएर सडक बन्द गरेका हुन् ।

दिक्तेलस्थित जिल्ला अस्पतालदेखि पञ्च माबिसम्मको खण्डमा गरिएको ढलान केही समयमै उक्किएर ठाउँ–ठाउँमा रड निस्केको, थर्पुटोलमा सडकको बीचमा ड्रेन भत्किएर खाल्डो हुँदा सवारी आवागमनमा अवरोध पुगेको लगायतका कारण देखाउँदै थर्पुटोलबासीले सडक बन्द गरेका हुन् ।

थर्पुटोल आसपासमा दुई वर्षअघि सडक ढलान गरिएको थियो । तर गुणस्तरहिन काम हुँदा विगत दुई/तीन महिनादेखि ढलान उक्किन थालेको थियो । सडक बीचको ड्रेन फुटेपछि टायर राखेर सवारी साधन आवतजावत गर्दैआएको थियो ।

थर्पुटोलको भत्किएको नाली र ढलान मर्मत नहुँदा सवारी दुर्घटना हुन थालेकाले थप दुर्घटना हुन नदिन अनिश्चितकालका लागि सडक बन्द गरिएको स्थानीयको भनाई छ ।