खोटाङ, ३० कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ओलीले समावेसी संविधानलाई भत्काउन खोजेको भन्दै उनले कुरा गर्ने तर काम नगर्ने गरेको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै डा. महतले अब देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् ।

“ओली जी कुरा गर्नुहुन्छ काम गर्नुहुन्न । काम गर्ने नेतृत्वको आवश्यकता छ । यो गठबन्धनले काम गरेर देखाउँछ,” डा. महतले भने, “विकासको आकांक्षा, उन्नतीको आकांक्षा, युवाको रोजगारीको आकांक्षा पुरा हुनेछ ।”

महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको आरोप लगाएका छन् । गठबन्धनले संविधानलाई रक्षा गर्दै विकास निर्माण, संमृद्धि, रोजगारी सिर्जना गर्ने डा. महतको भनाई थियो ।

उनले हलेसी, किरात सभ्यताको उद्गमथलो तुवाचुङ लगायत रहेको खोटाङको साँस्कृतिक, आर्थिक लगायतका पक्षको विकास गर्नु गठबन्धनको उद्धेश्य रहेको उल्लेख गरे । खोटाङमा बार्‍है महिना चल्ने सडक, गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्यका लागि दुविधा नराखी गठबन्धनलाई मत दिन डा। महतको आग्रह थियो ।