खोटाङ – नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली खोटाङ आउने भएका छन्। आउँदो कात्र्तिक ३० गते खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरीमा हुने एमालेको बृहत चुनावी सभालाई सम्बोधन गर्नका लागि ओली खोटाङ आउने भएका हुन्।

ओलीको उपस्थितिमा हुने चुनावीसभालाई भव्य बनाउनका लागि तयारी थालिएको एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए। कार्यक्रममा हजारौं कार्यकर्ता उतार्ने एमालेले जनाएको छ। चुनावीसभामा खोटाङ बाहेक भोजपुर र ओखलढुंगाका नेता तथा कार्यकर्ता समेत सहभागी हुनेछन्। ओली स्थानीय तहको निर्वाचनको बेला पनि खोटाङ आएका थिए।