खोटाङ म्ंसिर–१, जिल्ला प्रशासन कार्यालय खोटाङले आगामी मंसिर पाँच गतेसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ । यही मंसिर चार गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो ।
स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मंसिर एक गते रातको १२ बजेदेखि मंसिर पाँच गते राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह–मन्त्रालय (निर्वाचन सेल) को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जनाईएको छ ।
स्थानीय प्रशासनको आदेशलाई वर्खिलाफ भए÷गरेको पाइएमा कानून वमोजिम कारबाही हुने प्रशासनले उल्लेख गरेको छ ।।