खोटाङ ४ मंसिर । खोटाङमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे छ। आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण ढंगले मतदान भएको हाे।

जिल्लामा ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता रहेका छन् ।

निर्वाचनका लागि १३६ मतदानस्थल, १९४ मतदान केन्द्र तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्न जिल्ला कारागार र जिल्ला समन्वय समितिमा दुई अस्थायी मतदान केन्द निर्माण गरिएको थियो।

निर्वाचनमा एक हजार ५५८ जना कर्मचारी, एक हजार ८४६ जना जनपथ र म्यादी प्रहरी तथा आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र परिचालन भएको थियो।