खोटाङ म्ंसिर–१, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण जिल्ला प्रशासन कार्यालय खोटाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि कर्मचारी खटिएकाले मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको हो ।

आन्तरिक प्रशासनिक, शान्ति सुरक्षा, विपद्, मुद्दा र निर्वाचनसंँग सम्वन्धित बाहेक अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले उल्लेख गर्नुभएको छ । बिहिबार(आज)देखि लागु हुने गरी जारी गरिएको सूचना अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नाबालक परिचयपत्र, संघसंस्था लगायतका सेवा मतदानका भोलिपल्टसम्मका लागि बन्द गरिएको छ ।।