18.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

खोटाङ बैशाख–१६, खोटाङमा असिनापानीसँगै परेको चट्याङ कारण दुई घर जलेर पूर्ण रुपमा नष्ट भएकोे छ । बुधबार साँझ असिना र पानीसँगै चट्याङ पर्दा रावाबेशी गाउँपालिका–२ दुवेकोलका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमाका सार्कीमान तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जनाएको छ । दुबै घरमा चटयाङ...
खोटाङको सदरमुकाम दिक्तेल निवासी एक युवकको कोरोना संक्रमणबाट निधन भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एक निवासी अनिल जोशीको कोरोना संक्रमणका कारण गएराति पोखरामा असामयिक निधन भएको हो । उनी सहकारी अभियन्ता र पर्यटन व्यवसायी हुन् । पछिल्लो पटक दिक्तेलबाट उनी करिब १५ दिन अघि व्यवसायको सिलसिलामा...
खोटाङ बैशाख–१४, कोभिड–१९ दोश्रो लहर संक्रमणलाई ध्यानमा राख्दै खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । कोरोना संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न...
खोटाङ बैशाख–१४, खोटाङको त्री–धार्मिकस्थल हलेसी १५ दिनका लागि बन्द गरिएको छ । कोरोनाको दोश्रो लहर महामारीलाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण...
खोटाङ बैशाख–१३, खोटाङको दिक्तेलबजार–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । दिक्तेल–बाम्राङ–बुइपा छोटो रुट सडकखण्डको आईतबार उद्घाटन गरिएपछि उक्त सेवा सुरु गरिएको हो । दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बस छुट्ने गरी बाम्राङ–डल्लेखोला–दम्कु–बुइपा–गाईघाट यातायात सेवा सुरु गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।...
खोटाङ बैसाख–१३, अधिकांश बिकास निर्माण कार्यहरु ढिलासुस्ती भईरहेको खोटाङमा साप्सुखोला मोटरेबल पुल भने समयमै निर्माण सम्पन्न हुने जनाईएको छ । करिब एक महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु गरिएको छ । ४० मिटर...
खोटाङ बैशाख–११, हलेसी दर्शन गरेर फर्किएका यात्रुवाहक बस दुर्घट्ना हुँदा सह–चालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाका दर्शनार्थी बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिबार दुर्घट्ना हुँदा एकको मृत्यू भएको हाृे । सिन्धुपाल्चोकका अन्दाजी १८ वर्षीय सह–चालक अनिल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हलेसी तुवाचुङ...
खोटाङ । प्रेस सङ्गठन नेपाल खोटाङको अध्यक्षमा हाम्रोखोटाङ डटकमका सम्पादक समेत रहेका रामधन राई चयन भएका छन् । खोटाङको सदरमुकाम दिक्तेलमा बिहीबार सम्पन्न सङ्गठनको पाँचौँ जिल्ला भेलाले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष राई यसअघि सङ्गठनको जिल्ला उपाध्यक्ष रहेका थिए । पच्चीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अशल...
खोटाङ चैत्र–१९, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले ७७ वटै जिल्लाका भुमिहीन नागरिकलाई आगामी दशैं अगाडि नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ । जिल्लामा गठित समितिको गतिविधि अनुगमन गर्न खोटाङ आउनुभएका अध्यक्ष ज्ञावलीले सबै जिल्लामा आयोगका समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम थालनी गरिसकेकोले दशैं अगाडी...
खोटाङ चैत्र–१८, ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु हुन लागेको राष्ट्रिय जनगणना २०७८ का लागि खोटाङमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न थालिएको छ । चैत्र १ गतदेखि जिल्लामा स्थापित भई काम अघि बढाएको जिल्ला जनगणना कार्यालयले कोही नछुटुन, कोही नदोहोरिउन भन्ने उदेश्यले जिल्लामा सचेतनामूलक गतिविधि सुरु गरेको हो...