खोटाङ । प्रेस सङ्गठन नेपाल खोटाङको अध्यक्षमा हाम्रोखोटाङ डटकमका सम्पादक समेत रहेका रामधन राई चयन भएका छन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा बिहीबार सम्पन्न सङ्गठनको पाँचौँ जिल्ला भेलाले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष राई यसअघि सङ्गठनको जिल्ला उपाध्यक्ष रहेका थिए ।

पच्चीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अशल चरित्र, सचिवमा सविना परियार, सहसचिवमा कोशीकुमार राई र कोषाध्यक्षमा प्रमिला परियार चयन भएका छन् । समितिको सल्लाहकारमा उजुर राई, डम्बरसिं राई, भीम राई, सुर्य तामाङ र गंगाबहादुर विश्वकर्मा चयन भएका छन् ।