
खोटाङको सदरमुकाम दिक्तेल निवासी एक युवकको कोरोना संक्रमणबाट निधन भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एक निवासी अनिल जोशीको कोरोना संक्रमणका कारण गएराति पोखरामा असामयिक निधन भएको हो ।
उनी सहकारी अभियन्ता र पर्यटन व्यवसायी हुन् । पछिल्लो पटक दिक्तेलबाट उनी करिब १५ दिन अघि व्यवसायको सिलसिलामा पोखरा गएको बताइएको छ । सांसद विशाल भट्टराई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर दिप नारायण रिजालको सचिवालयले कोरोना संक्रमणबाट उनको निधन भएको जनाएका छन् ।