खोटाङ बैशाख–१६, खोटाङमा असिनापानीसँगै परेको चट्याङ कारण दुई घर जलेर पूर्ण रुपमा नष्ट भएकोे छ । बुधबार साँझ असिना र पानीसँगै चट्याङ पर्दा रावाबेशी गाउँपालिका–२ दुवेकोलका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमाका सार्कीमान तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जनाएको छ ।

दुबै घरमा चटयाङ लागेर आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडा–वर्तन जलेर नष्ट भएको छ । चटयाङबाट मानवीय क्षती नभएको प्रहरीले जनाएकोे छ ।।