खोटाङ बैशाख–१४, कोभिड–१९ दोश्रो लहर संक्रमणलाई ध्यानमा राख्दै खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । कोरोना संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।

मंगलबार सूचना जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल नगरी ‘जहाँ छौं त्यहीँ’ बस्न आग्रह गरेको हो । कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिकाभन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउन अनुरोध गर्दै जहाँ भएको त्यहीँ सुरक्षित रहन सूचनामार्फत आग्रह गरिएको छ ।

यदि आउनैपर्ने भए बाहिर हिँडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्न सूचना जारी गरिएको हो । ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here