10.1 C
Kathmandu
Saturday, January 11, 2025

समाचार

hot news, khotang news

खोटाङ भदौ–१९,  खोटाङमा बिचार मिल्ने तथा अग्रगामी चरित्रका राजनीतिक पार्टीबीच कार्यगत एकता गर्नुपर्ने धारणा राखिएको छ । केपी ओली नेतृत्वको एमालेबाट बैचारिक बिद्रोह गरी गठित नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय उद्घाटनमा सहभागी दलका नेताहरुले यस्तो धारणा राखेका हुन् । दिक्तेलबजारको पुरानो बेशक्याम्पमा स्थापना गरिएको कार्यालय उद्घाटनका क्रममा पुर्व सांसद...
खोटाङ भदौ–१९  खोटाङस्थित दिक्तेलबजारमा यात्रुले बाह्रै महिना खेप्नुपर्ने सडक शास्ती चाँडै अन्त्य हुने भएको छ । बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने कच्ची सडक धमाधम ढलान भईरहेकोले बजारबासी तथा यात्रुको शास्ती हट्ने भएको हो । केही स्थानीयबाट बेला–बेला बिरोध तथा अवरोध सिर्जना हुने दिक्तेलबजारको सडक ढलान कार्य हाल निर्वाध रुपमा...
खोटाङ भदौ–१८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सेवा प्रवाह र कार्य सम्पादनलाई प्रभावकारी बनाउने सम्झौतामा हस्ताक्षर गरिएको छ । यो बर्ष नगरपालिकाको ‘सेवा प्रवाह सुधार बर्ष’ घोषणा गर्दै मेयर दीपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबीच कार्य सम्पादन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो । नगरपालिकाको सभाहलमा आयोजित समारोहमा प्रमुख...
खोटाङ भदौ १४, खोटाङमा २१ बर्षीया महिला मृत फेला परेपछि उनकी २२ बर्षीय श्रीमान विरुद्द ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी शिक्षा राई घरैमा मृत फेला परेपछि उनकी श्रीमान मनकुमार राईविरुद्द माईतीपक्षले जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दरखास्त...
खोटाङ भदौ–१३, आगामी भदौ–२७ गते तोकिएको नेपाली कांग्रेसको गाउँ तथा नगर अधिबेशन हाल खोटाङमा चासो र चर्चाको बिषय बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कुन पालिकामा कसको नेतृत्व भन्नेदेखि लिएर जिल्ला सभापतिसम्मको परिचर्चा सुरु भएको हो । पुरानै नेता अर्थात युवा नेतालाई नेतृत्वको अवसर दिने भन्नेदेखि...
भदाै १२ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट दैनिक सेवा प्रवाह सुरु गरेको छ । चिसापानी बजारमा गाउँपालिकाको कार्यालय स्थापना भएदेखि हालसम्म तत्कालीन चिसापानी गाविसको कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेर जनताका लागि दैनिक सेवा प्रवाह सुरु गरेको हो...
खोटाङ–१२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेस्थित काँडे बस्ने २३ बर्षीय नारायण थापाले आफ्नै माईला दाजुलाई भैंसी बाँध्ने नाईलनको डोरीले घाँटीमा कसेर हत्या गरे । घर नजिकैको सल्लाघारीमा रहेको भोटेपिपलको रुखमा घाँटी कसी ३३ बर्षीय गिरिराज थापाको हत्यामा संलग्न भएको अभियोगमा मृतककै भतिज पर्ने १५ बर्षीय एक किशोरलाई सहित अभियुक्त...
खोटाङ खोटाङ–११,  खोटाङमा श्रीमतिलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा एक युवक पक्राउ परेकोे छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा उनका श्रीमान मनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकको श्रीमानलाई बिहिवार नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं ११ भदाै । बिहीबार (१० भदौं) मा मात्र मुख्यमन्त्री पदबाट राजनीनामा दिएका प्रदेश नम्बर एकका मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले सवारी साधन खरिदमा जनताको करबाट उठेको सरकारी रकमको व्यापक अनियमितता गरेको खुलेको छ । उनले मापदण्डलाई कुल्चदै विकास बजेट लगायत अन्य बजेटको पैसा रकमान्तर समेत गरेर बिलासी सवारी...
खोटाङ भदौ–१०,  खोटाङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाई र एक किशोर पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेस्थित काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा मृतककै भाइ २३ वर्षीय नारायण थापा र १५ वर्षीय एक किशोर पक्राउ परेका छन् । गिरीराज बुधबार दिउँसो घरबाट निस्की...