खोटाङ भदौ १४, खोटाङमा २१ बर्षीया महिला मृत फेला परेपछि उनकी २२ बर्षीय श्रीमान विरुद्द ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी शिक्षा राई घरैमा मृत फेला परेपछि उनकी श्रीमान मनकुमार राईविरुद्द माईतीपक्षले जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दरखास्त दर्ता गरेका हुन् ।
भदौ ९ गते आत्महत्या दुरुत्साहन सम्वन्धी उजुरी दिएका माईतीपक्षले पूनः ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माईती घर भएकी शिक्षाले वर्ष दिनअघि मनकुमारसँग प्रेम विवाह गरेकी थिईन् । उनी भदौ ७ गते घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेको भनिएको थियो । तर, माईतीपक्षले भने झुण्डिएको अर्थात झुण्ड्याईएको नभई कुटपिट गरी हत्या गरिएको दावी गरेका छन् ।
मृतकका माईती पक्षको पटक–पटकको प्रयास र दवावपछि मात्र आरोपित विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको बताएका छन् । शिक्षाको मृत्यु शंकास्पद भएको भन्दै सुरुमै ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन खोज्दा प्रहरीले आलटाल गरेको मृतककी आफन्त बयानसिं राईले गुनासो गर्नुभयो । तर, यसअघि आत्महत्या दुरुत्साहनको मुद्दा मात्र आएको प्रहरीले दावी गरेको छ ।
सुरुमा रुख कटहरको रुखमा झुण्डिएको भनेर खबर गरेपछि घटनास्थल पुग्दा घरको बरण्डाको काठमा झुण्डिएको भनिनु, प्रहरी पुग्दा पनि डोरीमा झुण्डिएको अवस्थामा शब नभई भुईंमा राखिएको हुनु , माइतीपक्ष नपुग्दै मुचुल्का उठाईनु जस्ता पक्षले गर्दा मृत्यू शंकस्पाद भएको माईती पक्ष बताउँछन् । करिव ४ फीटकी मृतक आफैले झुण्ड्याउन नभेट्ने ७ फिट अग्लो बरण्डामा डोरी झुण्ड्याईएको हुनु, डोरी झुण्ड्याउनका लागि कुनै टुल्स प्रयोग गरेको नपाईनु र डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको पाईएको आफन्तले जनाएका छन् ।
तकको नाक र मुखमा रगत देखिएको, दाहिने कोखामा निलडाम देखिएको तथा देब्रे हातमा कोतारिएको देखिनुले शिक्षाको आत्महत्या नभै हत्या भएको पीडित पक्षको दावी छ ।
अभियुक्त मनकुमारलाई आत्महत्या दुरुत्सहनको जाहेरी परे लगतै भदौ ९ गते नै नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभएको छ ।।