11.1 C
Kathmandu
Saturday, January 11, 2025

समाचार

hot news, khotang news

खोटाङ, २८ पुस । महामारीको रुप लिइरहेको कोरोनाको संक्रमण पुनः बढेर गएको अवस्थामा खोटाङमा पनि फेरि कोभिड–१९ को संक्रमित फेला परेका छन् । रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा शुक्रबार एक/एक जनालाई संक्रमण पुष्टि भएको छ । ८ जनाको एन्टीजेन परीक्षण गर्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको...
खोटाङ २५ पुस (रासस) । नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल...
खोटाङ २२ पुस । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ताजा जनादेशसहितको संसद ल्याउन आफूहरुले संसद अवरुद्ध गरेको बताउनु भएको छ । उनले नेकपा एमाले संसदप्रति नकारात्मक नरहेको बताउनुभएको छ । संविधान बनाउन एमालेको ठूलो भूमिका रहेको स्मरण गराउनुहुँदै प्रमुख सचेतक भट्टराईले संविधानले व्यवस्या गरेको संसदप्रति एमाले नकारात्मक...
खोटाङ १९ पुष । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा चरम बेथिती देखिएको छ । गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाको असक्षता तथा मिलेमतोमा विभिन्न २९ भन्दा बढी प्रकारको शिर्षकमा बेथिती बढेको पाइएको छ । गाउँपालिकाले स्टेशनरी लगायतका कार्यालय सामानहरु खरिद गर्दा प्रतिस्पर्धा नै नगरी सिँधै खरिद गरेको पाइएको छ । प्रतिस्पर्धा गराएर सिलबन्दी गरिनुपर्नेमा...
खोटाङ, १७ पुस । अनेरास्ववियु खोटाङको २३ औं जिल्ला सम्मेलनबाट मोहन संग्राम अध्यक्षमा चुनिनुभएको छ । शनिबार दिक्तेलमा सम्पन्न सम्मेलनबाट पोखरेल अनेरास्ववियुको अध्यक्ष चुनिनुभएको हा । अखिलको ३५ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु उपरकोटी, सह–सचिवमा घनश्याम ढकाल र सुरेश प्रधान तथा कोषाध्यक्षमा मुस्कान राई चयन भएको जनाईएको...
खोटाङ, १६ पुस (रासस) । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम...
खोटाङ । खोटाङका विभिन्न अग्ला ठाउँहरुमा हिउँ परेर थुप्रिएसँगै आन्तरिक पर्यटक हिउँ खेल्न व्यस्त देखिएका छन् । मुन्थुम ट्रेल अन्तर्गत पर्ने टेम्के, चखेवा, मेरुङ मयुम् लगायतका ठाउँमा स्थानीयहरु हिउँ खेल्न निस्किएका छन् । निक्कै बाक्लो रुपमा त्यहाँ हिउँ थुप्रिएको पाइएको छ । उक्त ठाउँहरुमा पुगेर हिउँमा रमाइरहेका केही तस्बीरहरु यहाँ...
काठमाडौं ८ पुष । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । अध्यक्षमा ७ मत बदर भएको थियो । मिक्सो अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव समेत छन्...
खोटाङ ६ पुष । मध्य पहाडी राजमार्ग अन्तर्गत खोटाङको विभिन्न ठाउँमा सडकको अवस्था कन्तबिजोग अवस्थामा छोडिएको पाइएको छ । अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेमा दिक्तेलदेखि च्यानडाँडा चखेवा खण्डमा कतिपय ठाउँमा ठेकेदारले सडक तथा पुल अलपत्र छाडेका छन् । पंखु खोलाको पुल सिरुवा कन्ट्रक्सनले ५ वर्षदेखि अलपत्र पार्दै आएको छ ।...
खोटाङ पुष–२, खोटाङबाट बैदेशिक रोजगारीमा गएर फर्किएका र जान तयार युवाहरु मिलेर गाउँमै सामुहिक रुपमा ब्यवसायिक कृषि शुरु गरेका छन् । वैदशिक रोजगारीमा गएर फर्किएका र जानलाई राहदानी बनाईसकेका लगायतका ४ जना युवाहरु मिलेर ब्यवसायिक रुपमा कुखुरा, सुंगुर, तथा बाख्रा पालनमा जुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवाहरुले...