खोटाङ ६ पुष । मध्य पहाडी राजमार्ग अन्तर्गत खोटाङको विभिन्न ठाउँमा सडकको अवस्था कन्तबिजोग अवस्थामा छोडिएको पाइएको छ ।

अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेमा दिक्तेलदेखि च्यानडाँडा चखेवा खण्डमा कतिपय ठाउँमा ठेकेदारले सडक तथा पुल अलपत्र छाडेका छन् । पंखु खोलाको पुल सिरुवा कन्ट्रक्सनले ५ वर्षदेखि अलपत्र पार्दै आएको छ । सेखुवा चखेवा सडक खण्डमा पनि सिद्धि शाही कन्ट्रक्सनले काम नै अलपत्र पारेको पाइएको छ । अन्य विभिन्न ठाउँमा पनि सडकको अवस्था कन्तबिजोग अवस्थामा रहेको पाइएको छ ।

ठेकेदारले समयमा नै काम नगर्दा यस्तो समस्या उत्पन्न भएपनि जिल्लाका सांसद, जनप्रतिनिधि तथा सरोकारवाला निकायको भने ध्यान पुग्न नसकेको पाइएको छ । हेर्नुहोस् भिडियोमा उक्त राजमार्गको अवस्था