खोटाङ १९ पुष । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा चरम बेथिती देखिएको छ । गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाको असक्षता तथा मिलेमतोमा विभिन्न २९ भन्दा बढी प्रकारको शिर्षकमा बेथिती बढेको पाइएको छ ।

गाउँपालिकाले स्टेशनरी लगायतका कार्यालय सामानहरु खरिद गर्दा प्रतिस्पर्धा नै नगरी सिँधै खरिद गरेको पाइएको छ । प्रतिस्पर्धा गराएर सिलबन्दी गरिनुपर्नेमा अध्यक्ष निरौलाको मिलेमतोमा सिँधै खरिद गर्ने गरेको पाइएको हो । भ्रमण, इन्धन, सवारी साधन मर्मत लगायतमा समेत अनियमितता देखिएको छ ।त्यसो त चालु प्रकृतिका कारोबार समेत पुँजिगत शिर्षकबाट गर्ने गरेको समेत पाइएको छ ।

गाउँपालिकाले राजस्व शिर्षकमा नै रसिद प्रयोग गर्ने गरेको पाइएको छैन भने आम्दानी खर्च र बाँकी देखिने गरी रसिद नियन्त्रण खाता राखेको छैन । गाउँपालिकाले जटिल प्रकृतिका निर्माण कार्य उपभोक्त समितिबाट गराएको छ भने उपभोक्ता समितिबाट गरिने निर्माणमा इस्काभेटर तथा डोजर चलाउन नपनाइनेमा त्यो प्रयोग गरेको पाइएको छ । इस्काभेटर तथा डोजर चलाउन अध्यक्षकै हात रहेको जनाइएको छ । गाउँपालिकाले मिलेमतोकै आधारमा सार्वजनिक खरिद ऐनलाई लत्याउँदै परामर्श सेवा लिने काममा सम्झौता अंकको ५० प्रतिशत रकम पेश्की दिने गरेको समेत पाइएको छ ।
यी हुन् महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७ ले औंल्याएका २९ बुँदा
नेतृत्वको असक्षताका कारण भवन बनेन
गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको २ वर्षमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । डेढ बर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.स. २०७६ बैशाखमा सम्झौता भएपनि हाल सम्म २५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

समयमा नै निर्माण हुन नसकेको भवन । तस्बीरः सामाजिक सञ्जाल

भवन निर्माण ढिलासुस्ती भइरहँदा पनि अध्यक्षले आँखा चिम्लिएर बसेका छन् । ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५/०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो । गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौला चाडै निर्माण सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि कोभिड १९ को कारण निर्माण सम्पन्न हुन नसकेको भन्दै ठेकेदारको बचाउमा लाग्ने गरेको बताइएको छ गाउँपालिकाले मासिक ५३ हजार भाडा तिरेर ब्यत्तिको घरमा गाउँपालिकाको कार्यालय सञ्चालन गर्दै आएको छ ।