खोटाङ, २८ पुस । महामारीको रुप लिइरहेको कोरोनाको संक्रमण पुनः बढेर गएको अवस्थामा खोटाङमा पनि फेरि कोभिड–१९ को संक्रमित फेला परेका छन् । रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा शुक्रबार एक/एक जनालाई संक्रमण पुष्टि भएको छ ।

८ जनाको एन्टीजेन परीक्षण गर्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको हो । सो गाउँपालिकामा बिहिबार ७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

जन्तेढुंगा गाउँपालिकामा गाउँपालिकाकै पुरुष कर्मचारीलाई संक्रमण देखिएको छ । कोभिडको नयाँ भेयिन्ट पछिल्लो पटक विश्वभरी तिब्र रुपमा फैलिरहेको अवस्थामा खोटाङमा समेत बढ्न थालेको हो ।