बैशाख–१४, सुधारिएको चुल्हो प्रयोगमा ल्याइएपछि खोटाङको मंगलटार–४ का स्थानीयबासी हर्षित भएका छन् । सुधारिएको चुल्हो निर्माणपश्चात घरभित्र धुँवा नहुने साथै दाउरामा कमी आएपछि मगर समुदाय रहेका भदौरेबासी हर्षित भएका हुन् ।
कादुरीको आर्थिक सहयोगमा एरिया वेलफेर सेन्टर खोटाङमार्फत मंगलटार–४ का ५४ घरमा चुल्हो निर्माण गरिएको वेलफेर सेन्टर खोटाङले जनाएको छ...
बैशाख–११, लामो समयको खडेरीले गर्दा यस वर्ष खोटाङमा अलैंची उत्पादनमा गिरावट आउने भएको छ ।
हालसम्म पनि पानी नपरेपछि यस वर्ष करिब ४५ प्रतिशतले अलैंची उत्पादनमा कमी आउने कृषकहरुको अनुमान रहेको छ । यस वर्षको हिउँदभर जिल्लामा खेतिपातिको लागि आवश्यक वर्षा नभएपछि किसानहरु चिन्तित बनेका छन् ।
वर्षा नभएपछि अधिकांश ठाँउका...
बैशाख–५, नेपाल नेत्र ज्योती संघ खोटाङको आयोजनामा सञ्चालित निशुल्क आँखा शल्यक्रिया शिबिरमा ७६१ जना आँखाका बिरामीको उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहयोगमा नेपाल नेत्र ज्योती संघले आयोजना गरेको तीन दिने शिबिरमा मोतिया बिन्दुको जटिल तथा माइनर शल्यक्रिया र सामान्य प्रकृतिका गरी ७६१ जनाको उपचार गरिएको...
बैशाख–५, खोटाङमा हावाहुरीले विद्यालयको छाना उडाउँदा दश लाख बढिको क्षति भएको छ । खार्मी–५ स्थित जालपा निमावि बाँझोबारीको विद्यालय भवनको छाना उडाउँदा दश लाख बढिको क्षति भएको हो ।
शुक्रबार बिहान चलेको हावाहुरीले एल आकारको चार कोठे, दुई कोठा भएको दुई तले विद्यालय भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
बैशाख–३, स्वीस सरकारको सहयोगमा खोटाङ जिल्लामा सञ्चालन हुन लागेको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि कार्यक्रम (एसएएलजीपी) राजनीतिक दलहरुबीचको किचलोका कारण अबरोध आएको छ । स्वीस सरकारले स्थानीय निकायलाई उपेक्षा गर्दै सिधै स्थानीय विकास मन्त्रालयसँग संझौता गरी जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै त्यसलाई रद्द गरी स्थानीय मागको आधारमा कार्यक्रम सञ्चालन...
बैशाख–२, बखतबहादुर खड्का स्मृति प्रतिष्ठान सप्तेश्वर छितापोखरीले १० जना विद्यार्थीलार्ई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले सप्तेश्वर छितापोखरीस्थित सरस्वती उच्च मावि डाँडाखर्कमा अध्ययनरत उत्कृष्ट, जेहेन्दार, गरीव तथा असाह्य १० जना विद्यार्थीहरुलाई आइतवार प्रदान गरेको हो ।
प्रतिष्ठानले कक्षा १२ का अमृता राई, सुनिता राई र सरोज थापालाई जनही ८ हजार,...
बैशाख–१, खोटाङमा एक महिलाले जेलबाटै श्रीमान विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा राखिएकी मौवाबोटे–६ की २६ वर्षिय प्रमिला राईले बहुविवाह गर्ने श्रीमान भूमीराज राई विरुद्ध उजुरी दिनुभएकी हुन् ।
ज्यान मुद्दामा कारागार चलान भएपछि बिदेशबाट फर्किएका श्रीमानले फागुन–१४ गते...
चैत–३०, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले निर्माणकाक्रममा भाँचिएको ओखलढुंगा र उदयपुरको घुर्मीस्थित सुनकोसी नदीको पक्की पुल निर्माणको कामलाई तत्काल सुचारु गर्न निर्देशन दिएका छन् । निर्माणकाक्रममा भँँचिएको पुलको विषयमा स्थलगत अध्ययनका लागि शुक्रबार हर्कपुर पुगेको भौतिक योजना तथा निर्माण मन्त्री निधिले पुल भत्किएको बाहनामा कामलाई नरोक्न पुल...
चैत्र–२५, रामनवमीको अवसरमा पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ ।
रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको बाक्लो भीड लागेको हो ।
मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका लाखौं दर्शनार्थीहरुको उपस्थिति रहेको छ । किरात, वौद्ध...
चैत–२४, सामुदायीक बन उपभोक्ता महासंघ खोटाङको अध्यक्षमा राजेन्द्र राई चयन हुनुभएको छ ।
बिजयखर्कस्थित जनचेतना निमाबिमा आइतबार सम्पन्न तेश्रो अधिबेसनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । “समावेशी र सुशासनयूक्त सामुदायिक बन समुदायको सुदृढ संगठन हाम्रो अभियान” भन्ने नारासहित सम्पन्न अधिबेसनबाट उपाध्यक्षमा मनकुमारी राई, महासचिवमा रुपा उदास र कोषाध्यक्षमा सम्बर...