भदौ–२४, जिल्ला पशु सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७१÷०७२ मा सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयले जिल्ला विकास समितिको समिक्षालय हलमा सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्ष २०७१÷०७२ सञ्चालन हुने बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । 
कार्यालयले आर्थिक वर्ष २०७१÷०७२ का लागि दुई करोड १३ लाख ५० हजार बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक करोड १२ लाख २७ हजार उपभोग खर्च, १७ लाख ९७ हजार प्रशासनिक खर्च, ६५ लाख २५ हजार कार्यक्रम सञ्चालन खर्च र १८ लाख पूर्वाधार विकास खर्च सार्वजनिक गरेको हो ।
निमिक्त स्थानीय विकास अधिकारी रविकिरण आचार्यको सभापतित्वमा तथा प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत हरिप्रसाद खनालले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेट तथा कार्यक्रम संसोधन सहित पारित गरिएको छ । 
कार्यक्रममा राजनीतिक दल, कार्यालय प्रमुख, सरोकारवाला, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले प्रसतावित बजेट तथा कार्यक्रममाथि सल्लाह सुझाव दिएका थिए ।