17.1 C
Kathmandu
Thursday, March 28, 2024

खोटाङ समाचार

khotang first online news

जेष्ठ–२५, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले शिक्षक हित तथा बचत सहकारी संस्था स्थापना गरेको छ । संगठनको शनिबार सम्पन्न १७ औं जिल्ला परिषदले शिक्षक हित तथा बचत सहकारी स्थापना गरेको हो ।  प्रतिव्यक्ति ५÷५ हजारका दरले ७० जना शिक्षकको शेयर लगानीमा सहकारी स्थापना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका सचिव...
जेष्ठ–१७, खोटाङका फरक क्षमता भएका किशोर–किशोरीले संगीत कला केन्द्र स्थापनाको पहल थालेका छन् । फरक क्षमता भएका नागरिकको सांगीतिक प्रतिभा प्रष्फुटनका लागि नवज्योती सांगीतिक समुहमा आवद्ध फरक क्षमता भएका किशोर–किशोरीले संगीत कला केन्द्र स्थापनाको पहल थालेका हुन् ।  जिल्लामा संगीत विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै संगीत सरगम कला केन्द्र स्थापनाको तयारी...
जेष्ठ–११, खोटाङ र उदयपुरको सिमामा पर्ने सुनकोसीको फोक्सिङटारमा बेलिब्रिज राख्नकालागि सडक बिभागलाई आग्रह गर्ने तयारी गरिएको छ । जिल्लाका दक्षिणी गाबिसलाई तराईसँग जोड्ने भएकाले फोक्सिङटारमा बेलिब्रिज राख्नका लागि प्रशासनको पहलमा बिभागलाई आग्रह गर्ने तयारी गरिएको हो ।  फोक्सिङटारबाट खोटाङ र उदयपुरतर्फको सडक बनीसकेकाले बेलिब्रिज राख्नका लागि बिभागलाई गुहार्ने तयारी गरिएको...
जेष्ठ–६, विद्यार्थीलाई आकर्षण गर्न खोटाङको एक विद्यालयले अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको छ । दोर्पाचिउरीडाँडा–८ बुवालुङ्स्थित अन्नपूर्ण माविले यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको हो ।  अंग्रेजी विषयमा सक्षम बनाउने उद्देश्यका साथ यसै शैक्षिकसत्रबाट बाल कक्षा र कक्षा–एक देखि अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरिएको विद्यालयका शिक्षक राजनप्रसाद आचार्यले बताउनुभयो...
जेष्ठ–३, जिल्लामा उत्पादित विभिन्न कच्चा पदार्थ धमाधम निकासी हुन थालेको एको छ । अलैची, लोक्ता, अर्गेली, खयर लगायतका सामग्री निकासीले जिल्लाको अर्थतन्त्रमै उल्लेख्य योगदान पुगेको छ । यो वर्ष अलैची मात्र ६० करोड रूपैयाँ भन्दा बढीको निकासी भयो भने, खयर करिब एक करोड २५ लाख रूपैयाँ भन्दा बढीको निकासी...
जेष्ठ–१, खोटाङको पर्यटकीयस्थल हलेसीका अधिकांश होटल तथा पसल बीना इजाजत र बीना दर्ता सञ्चालनमा रहेको भेटिएको छ । हलेसी आउने तीर्थालु तथा पर्यटकबाट स्थानीय व्यवसायीले चर्को शुल्क लिएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । स्थानीय होटल व्यसायीले हलेसी आएर बस्ने तीर्थालुबाट विभिन्न बहानामा चर्को शुल्क लिएको गुनासो...
बैशाख–३१, खोटाङको सदरमुकाम दिक्तेलमा हस्तकला तालिमको आयोजना गरिएको छ । श्रीमान वा परिवारका सदस्य विदेशमा गएपछि मानसिक पीडामा परेका महिलालाई सहभागी गराएर ४५ दिने तालिमको आयोजना गरिएको हो ।  वैदेसिक रोजगारीका सिलसिलामा मानसिक तनावमा परेका महिलालाई तनाव मुक्त बनाउँदै सिर्जनसिल र परिवारमा स्थापित गराउनका लागि हस्तकला तालिमको आयोजना गरिएको आयोजकले...
वैशाख २५ । सरकारले खोटाङको सदरमुकाम दिक्तेललाई नगरपालिका घोषणा गरेको छ । नेपाल सरकार मन्त्री परिषदको बिहीबार बसेको बैठकले थप गरेको ७२ वटा नगरपालिकामा खोटाङको दिक्तेल पनि परेको हो । बिहीबारको मन्त्री परिषद बैठकले यसअघि घोषणा भएका तथा कार्यान्वयन नभएका ४१ नगरपालिकालाई समेत जोडेर ७२ वटा स्थानलाई सरकारले नगरपालिका घोषणा गरेको...
बैशाख–१६, खोटाङको सदरमुकाम दिक्तेलबजार नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिकादेविस्थान र बुधेश्वर महादेवको विषयमा लेखिएको पुस्तक विमोचन भएको छ । निबृत्त सरकारी वकिल पदमप्रसाद आचार्यको संकलन र लेखनमा प्रकाशन भएको ‘कालिका भगवतीको उत्पत्ति र पूजा विधि एक चिनारी’ नाम पुस्तक विमोचन गरिएको हो ।  जिल्ला अदालत खोटाङका न्यायधिस इश्वरीप्रसाद...
बैशाख–१४, आप्रबासी कामदारहरुको हकहितका क्षेत्रमा काम गर्नका लागि खोटाङमा बिदेशबाट फर्किएका कामदाहरुको आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । आप्रबासी कामदार एवं उनीहरुको परिवारको हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यले शनिबार आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन गरिएको हो ।  लामो समयसम्म कतारमा बसेर फर्कीएका नेर्पाका माधव राईको अध्यक्षतामा...