गाउँलाई प्रदान गर्ने स्ट्रेचर र भलिबल । |
मंसिर १७ । सञ्चारकर्मी टेनिस रोकाले जन्मदिनको अवसरमा आफ्नो गाउँलाई स्ट्रेचर र विद्यालयलाई खेलकुद सामग्री उपहार स्वरुप प्रदान गरेका छन् ।
हाम्रो खोटाङ डटकमकर्मी समेत रहेका टेनिसले खोटाङको च्यानडाँडा गाविसस्थित वडा नम्बर एक सेखुवाका लागि एक स्ट्रेचर र सोही गाउँमा अवस्थित श्री जालपा निमाविका छात्र/छात्राका लागि बुधबार १/१ गरी २ थान भलिबल दिने घोषणा गरेका हुन् ।
काठमाडौंमा बसेर अध्ययनका साथै पत्रकारिता गर्दै आएका टेनिसले उक्त सामग्री काठमाडौंबाट खोटाङ आउने सम्बन्धित व्यक्ति पाउन साथ हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।
हाम्रो खोटांग डटकमको सम्पादकिय टिममा रहेका रोकाले सौर्य दैनिकमा उप-सम्पादक, डिसीनेपाल डटकममा समाचार प्रमुखका रुपमा काम गरेका छन् । त्यस्तै, नेपाल एफएममा सम्वाददाता तथा कार्यक्रम उत्पादक तथा प्रस्तोताका रुपमा समेत उनीसँग अनुभव छ ।
उनको गाउँ सेखुवाबाट सदरमुकाम पुग्न पैदलमा ६ घण्टा भन्दा बढी लाग्ने गर्दछ । गाउँमा एउटा पनि स्टेचर नहुँदा यसअघि त्यहाँका स्थानीय बिरामी हुँदा घाँस बोक्ने डोको प्रयोग गर्दै आएका छन् ।
स्ट्रेचर प्रदान गरेका उनले अब बिरामीहरु डोकोमा बोक्न नपरोस् भन्ने कामना गर्दै आ-आफ्नो गाउँ बनाउन सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । यसअघि पनि उनले विद्यालयका लागि सहयोग गर्दै आएका छन् ।