7.1 C
Kathmandu
Monday, January 13, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ चैत–२९, आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा फेला परेका एक पुरुषको स्वाव परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेका पुरुषको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ देखिएको हो । दुर्छिमको हैदेमा आफन्तको घरमा फेला...
खोटाङ चैत्र–२९, भिजिट भिसामा यूएई पुगेको अवस्थामा ज्यान गुमाएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो । कम्पनीमा आवद्ध हुनु...
खोटाङ, २८ चैत । खोटाङमा ‘राहत सामग्री एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति बैठकले यस्तो निर्णय गर्दै जथाभावी राहत वितरण गर्न रोक लगाएको हो । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूखुसी राहत वितरण गर्न थालेपछि त्यसलाई व्यवस्थित...
खोटाङ २८ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडा नम्बर २ र ३ मा राहत वितरण गरेको छ । गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सीमान्तकृत, एकल महिला, पूर्ण अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण गरेको हो । लकडाउनका कारण आयमूलक काम गर्न नपाउँदा छाक टार्नै...
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना नगरभित्रका १८ जना नागरिकलाई ल्याउनका लागि बस पठाएको छ । नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टीनमा राखिएका सर्वसाधारणलाई गाउँमा ल्याउनका लागि सवारी साधन पठाएको हो । भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कनेक्रममा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणको आशंकामा चैत ११ गतेदेखि सुर्यदल गणले...
खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ । क्वारेन्टाइनमा शंकास्पद नागरिक राख्न कांग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाँलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ । नेपाल पत्रकार...
काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमवारको बैठकले केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उनका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् । सरकारबाट गभर्नरमा नियुक्त भएपछि...
खोटाङ । नेपाली कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठले खोटाङमा स्थानीय तहले कोरोना रोकथामका लागि गरिरहेको पहलमा असहयोग गरेको पाइएको छ । सभापति श्रेष्ठले हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम रहेका व्यक्ति र उनका आफन्तलाई क्वारेनटाइनमा राख्न गरेको प्रयासमा असहयोग गरेको पाइएको हो । श्रेष्ठले अश्लिल र अभद्र व्यवहार गरेको...
खोटाङ चैत्र–१३, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकाले भारतबाट गाउँ फर्केका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ । कोरोना भाइरसको त्राससँगै भारतका विभिन्न स्थानबाट घर फर्किएका स्थानीयलाई १४ दिनसम्म घरैमा क्वारेन्टाइनमा बस्न भनिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो । गाउँपालिकाको केन्द्र चिसापानीमा स्थापना गरिएको हेल्थडेस्कमा आइपुगेका उनीहरुलाई ज्वरोको समस्या...
राजन राई/दृष्टिकाेण सरकार/नेपाली जनसमुदाय, कोरोना भाईरसको बिश्वब्यापी आतंक जारी छ र केही समय रहने छ । " केही समय" भन्नुको आसय के हो भने, यो अजम्बरी छैन, यस्को उद्भब थलो मानिएको मुलुक चिनमा त्यहाँको सरकार र बहादुर चिनियाँ जनताले यसलाई लगभग समुल नष्ट गरेका छन र हामी बिश्व समुदाय १४ औं...