
खोटाङ जेठ–२, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत दुईजना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकामा कार्यरत एकजना कर्मचारी उदयपुर घरबाट नगरपालिका आउदै गर्दा उनलाई आधा बाटोसम्म लिन जानेलाई पनि क्वारेन्टाईमा राखिएको हो ।
क्वारेण्टाईनमा वस्ने कर्मचारींद्वय ४५ र २८ बर्ष उमेरको रहेको नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले वताउनुभयो । उनीहरुलाई दुर्छिम स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
यसैविच, झापाबाट ओखलढुंगा, सल्ले हुंँदै लुकेर नगर भित्रिएका २९ वर्षिय श्रीमान र २८ वर्षिया श्रीमतीलाई पनि हलेसी स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ । स्वास्थ्य शाखा सह–संयोजक घिमिरेको भनाई छ ।
हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानका क्वारेण्टाईनमा निर्धारित १४ दिनसम्म राखिएको अन्य ३४ जनालाई भने घर पठाईसकिएको छ । हाल नगरपालिकाको क्वारेण्टाईनमा ९ जना रहेका छन् ।