खोटाङ । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राई नियुक्त भएका छन् । अध्यक्ष विहीन रहेको हलेसी महादेवस्थान विकास समितिले तीन वर्षपछि एउटा परिपक्व तथा अग्रज नेतृत्व पाएको छ ।

टंक राई पूर्वासांसद तथा सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता हुन् । समितिले एउटा अग्रज तथा परिपक्व नेतृत्व पाएसँगै जिल्लाबासीले अब हलेसीको विकास तथा संरक्षण तथा प्रबर्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको पाइएकाे छ ।

नवनियुक्त राईले पनि हलेसीको विकासमा महत्वपूर्ण योगदान दिने संकेत गरेका छन् । ‘मलाई हलेसी विकास समितिको अध्यक्ष भएकोमा बधाई दिनुहुने सबैलाई अनुरोध छ, ठिक काम गर्न नसकिने रहेछ भने म तुरुन्तै हट्छु, सबैको सहयोग हुन्छ भने मलाई स्वीकार छ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

२०७४ जेठ ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनसँगै हलेसी नेतृत्व बिहिन बनेको थियो । हलेसी तुवाचुङ नगरपालिका मेयरको उम्मेदवार बनेपछि समितिका तत्कालिक अध्यक्ष खडेन्द्र राईले राजीनामा दिएपछि समिति नेतृत्वबिहीन रहेको थियो ।

यसैगरी, समितिको कार्यकारी निर्देशकमा सम्मरबहादुर भुजेल नियुक्त भएका छन् । भुजेल दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here