खोटाङमा पहिलो पटक एक युवामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंबाट खोटाङ आएका हलेसी नगरपालिकाका २० वर्षिय युवामा कोरोना पुष्टि भएको हो ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाले गरेको छ ।

युवक गत वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेका थिए। नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई उद्दार गर्दा सोही टोलीमा उनी पनि खोटाङ आएका थिए। नगरपालिकाले २४ जनाको पिसिआर परिक्षण गराउँदा ती युवामा कोरोना पुष्टि भएको हो ।

प्रारम्भिक जानकारी अनुसार उनी काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्ने गरेको पाइएको छ । कोरोना पोजिटिभ देखिएको रिपोर्ट सार्वजनिक भएपछि जिल्लामा त्रास फैलिएको छ ।



Loading Facebook Comments ...