खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । आइतबार र सोमबार आरडीटी विधिबाट २० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

आइतबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति वा संक्रमितको सम्पर्कमा रहेर आएका व्यक्तीको ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिएका छन् । यसअघि पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण गरिएको थियो । यसअघि २७ आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here