11.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

खोटाङ माघ–२७, ‘देशै रमाईलो’ भन्दै डुम्रेका मगर युवायुवती हुर्रामा रमाईरहँदा दम्कुमा साकेलाको ढोल झ्याम्टा गुन्जिरहेको थियो । यता, देउराली मावि नजिकैको वडा कार्यालयस्थित प्राङ्गणमा एकै खालको सारी चोलीमा संगिनी रमाईरहेको देखिन्थ्यो । ‘देउराली देवि र बुद्दको गुम्वा डाँडैमा स्कुल, हे मेरा संगी, कटहरे बेंसीको हरियो फाँट तीन महिने कमाई भित्रिन्छ हजुर संगी अन्नको भण्डार...
खोटाङ माघ–२६, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले खेल प्रशिक्षक राखेर खेलप्रेमी वालवालिका तथा किशोरकिशोरीलाई निःशुल्क खेल प्रशिक्षण गराईरहेको छ । नगरपालिकाले सितोरियो कराते र फुटवल खेलमा रुचि राख्नेहरुका लागि प्रशिक्षकको व्यवस्था गरी निःशुल्क प्रशिक्षण गराईरहेको हो । नगरपालिकाले हलेसीबजार र दुर्छिममा सितोरियो कराते तथा च्यास्मिटारमा फुटवलको प्रशिक्षण गराईरहेको मेयर ईवन राईले...
खोटाङ माघ–२५, खोटाङका पत्रकारद्वय सुनिता राई(कृष्णकला) र सन्तोष पौडेल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ शाखाले आफ्नो नवौं साधारण सभाको अवसरमा राई र पौडेललाई नगद सहित क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो । आईतवार जिल्ला समन्वय समितिको हलमा उदघाटन गरिएको साधारण सभाको उद्घाटन सत्रमा जनही दुई हजार पाँच सयको...
खोटाङ माघ–२२,  खोटाङको दिक्तेलवजारमा आइटी ईन्स्टिच्यूट सञ्चालन गरिएको छ । सूचना र प्रविधि सम्वन्धी शिक्षाका लागि दिक्तेलका युवा व्यवसायी अजय बस्नेत र उषा बस्नेतले स्थापना गर्नुभएको हिमालयन आईटी ईन्स्टिच्यूट बिहिवार उद्घाटन गरिएको हो । कम्प्यूटर आइटी कोर्स, अंग्रेजी भाषाको कक्षादेखि एसइईको स्पेशल कोर्स सञ्चालनका लागि ईन्स्टिच्यूट स्थापना गरिएको वताईएको छ...
खोटाङ माघ–२२,   खोटाङमा नेकपा प्रचण्ड–नेपाल पक्षको आम हड्ताल कार्यक्रमले जिल्लावासीमा प्रभाव पारेको छ । उक्त पक्षले आव्हान गरेको नेपाल बन्दको कारण दिक्तेलवजार ठप्प हुनका साथै पालिकास्तरसम्म प्रभाव परेको हो । नेपाल बन्दका कारण विहिवार विहानैदेखि जिल्ला भित्रिने र वाहिरिने यातायात सेवा बन्द गर्ने निर्णय ठप्प बनेको खोटाङ यातायात व्यवसायी संघका...
खोटाङ माघ–२२, खोटाङमिस्थत रावाबेँसी गाउँपालिकाका कृषकहरु हाते ट्याक्टर पाएपछि उत्साहित बनेका छन् । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेपछि कृषक उत्साहित बनेका हुन् । गाउँपालिकामा गठित १ सय २० वटा कृषक समुहमध्ये पहिलो चरणमा १४ समुहलाई हालै हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा संयोजक मुगाधन राईले बताउनुभयो ।...
खोटाङ माघ–२१, खोटाङमा खरको माचमा लागेको आगोमा परी ७ वर्षिय वालकको मृत्यु भएको छ । साथीहरुसँग खेल्नेक्रममा आफैले खेलाएको आगो घाँसको माँचमा सल्किएपछि रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका सात वर्षीय जेसन मगरको मृत्यु भएको हो । पुरानो घर भत्किएपछि त्यहिमाथि टाँड छापेर गाईवस्तुलाई खुवाउन घाँसको लागि राखिएको खर लगायतमा मंगलवार साँझ...
खोटाङ माघ–२०, खोटाङस्थित हिन्दु, बौद्द र किरातका साझा त्री–धार्मिकस्थल हलेसीमा ६० फिट अग्लो पद्मसम्भवको प्रतिमा राख्ने सम्झौता कार्य सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवद्र्दनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको अग्लो प्रतिमा राख्ने सम्झौता भएको हो...
खोटाङ माघ–१९, खोटाङस्थित दिपु्रङ चुईचुईचुम्मा गाउँपालिकामा यात्रुवाहक बसले किच्दा एक बृद्दाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको पञ्चमीबजारबाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा गाउँपालिकाको –३ नम्बरवडामा पर्ने छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई मगरको मृत्यु भएको हो । गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन...
खोटाङ माघ–१७ ‘कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको  आमाको पुरानो एक थान फोटो  अथवा  आमाको जवानीको तासफोटो सुरक्षित छ मसित  म अहिले आमाको तासफोटोमा आफुलाई हेरिरहेकी छु ।’ कविता संग्रह ‘आमाको तासफोटो’मा समेटिएको सोही शीर्षक कविताको अन्तिम हरफ हो यो । साहित्यकार/कवियत्री सुष्मा रानाहँमाले दक्षिण कोरियामा रहेर नेपाली साहित्यिक मनहरुमा ‘आमाको तासफोटो’ प्रतिबिम्वित गराउनुभएको छ...