खोटाङ माघ–२५, खोटाङका पत्रकारद्वय सुनिता राई(कृष्णकला) र सन्तोष पौडेल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ शाखाले आफ्नो नवौं साधारण सभाको अवसरमा राई र पौडेललाई नगद सहित क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
आईतवार जिल्ला समन्वय समितिको हलमा उदघाटन गरिएको साधारण सभाको उद्घाटन सत्रमा जनही दुई हजार पाँच सयको साथमा प्रशंसा पत्र प्रदान गरिएको महासंघ शाखाले जनाएको छ । जिल्लामा पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रबेश गरी सक्रियता जनाएको भन्दै दुई पत्रकारलाई पुरस्कृत पौडेल न्युज ट्वाण्टी फोेर टेलिभिजन र राई खोटाङ खबर साप्ताहिकमा आवद्द छन् ।
यसैबीच, जिल्लाका ६ जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा खोटाङको स्थापना गर्नदेखि हालसम्म पनि जिल्लामै रहेर पत्रकारिता पेशामा क्रियाशिल अग्रज पत्रकारहरुलाई महासंघले सम्मान गरेको हो । अग्रज पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बर सिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङले जनाएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुईटेल, जिल्ला समन्वय समिती खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दोसल्ला ओढाएर पत्रकारहरुलाई सम्मान–पत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव बिवेक गौतम, उदयपुर शाखाका अध्यक्ष भरत खड्का, पाँचथर शाखाका अध्यक्ष लवदेब ढुंगाना, ब्रोडकाष्टिक एशोसियसन नेपालका रेणु पराजुली लगायतका उपस्थित थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संस्था, उद्याग बाणिज्य संघ लगायतका सहभागिता थियो ।
कार्यक्रममा महासंघ शाखाका भवनका लागि निशुल्क जग्गा उपलबध गराउने कृषिविज्ञ तथा समाजसेवी मदन राईलाई सम्मान गरेको छ ।