खोटाङ माघ–२२,  खोटाङको दिक्तेलवजारमा आइटी ईन्स्टिच्यूट सञ्चालन गरिएको छ । सूचना र प्रविधि सम्वन्धी शिक्षाका लागि दिक्तेलका युवा व्यवसायी अजय बस्नेत र उषा बस्नेतले स्थापना गर्नुभएको हिमालयन आईटी ईन्स्टिच्यूट बिहिवार उद्घाटन गरिएको हो ।

कम्प्यूटर आइटी कोर्स, अंग्रेजी भाषाको कक्षादेखि एसइईको स्पेशल कोर्स सञ्चालनका लागि ईन्स्टिच्यूट स्थापना गरिएको वताईएको छ । सूचना तथा प्रविधिको व्यवसायिक विकास गर्दै जिल्लामै आइटी सम्वन्धी जनशक्ती उत्पादन गर्ने लक्ष्यका साथ ईन्स्टिच्यूट स्थापना गरिएको सञ्चालक अजय बस्नेतको भनाई छ ।

ईन्स्टिच्यूटमा कम्प्यूटर आइटी कोर्सतर्फ कम्प्यूटर डिप्लोमा, कम्प्यूटर अपरेटर, आइटी अफिस प्याकेज, कम्प्यूटर नेटवर्किङ, ट्याली (एकाउन्टिङ कोर्स), ग्राफिक डिजाईन लगायतका कम्प्युटरका सीप सिकाइने छ ।
उद्घाटनमा प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सूचना तथा प्रविधि सम्बन्धी सीप र शिक्षा अति प्रभावकारी रहने उल्लेख गर्नुभयो ।